प्रदेश प्रमुख खापुङद्धारा नयाँ सरकार गठनको आव्हान

 लिम्बुवान न्युज
                       

दमक, १७ असार । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।

खापुङले नयाँ सरकार गठनका लागि चार दिन अर्थात् असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएका छन् ।

हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानूनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।

यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनु पर्ने दाबीगर्दै आएको थियो । प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो ।

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरु आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधूपमा लागेका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै एक पक्षीय, दुईपक्षीय छलफलमा रहेका दलहरुले आइतबार दिनभर काठमाडौंमा आ–आफ्ना पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्रीका मुख्य दावेदार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नै पार्टीका नेताहरुसँग भेटघाट भएपनि अन्य दलका नेताहरुसँग कुनै छलफल र भेटघाट नभएको बताए । ‘भर्खरै सरकार गठनको आव्हान भएको छ,’ उनले भने, ‘अब समयमै नयाँ सरकार गठन गर्नेछौं ।’

उता, नेपाली काँग्रेस कोशी प्रदेश समितिको पदाधिकारीको बैठक पनि काठमाडौंमा बसेको छ । उक्त बैठकले आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । उक्त बैठकले आफ्नै दलका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरेको उनले बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;