
ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वैरागी काईलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट उपाध्यक्षहरुमा तारा थेवे, जेपी नेम्बाङ, कञ्चन थलङ, महासचिवमा दिपा सुहाङ्, सचिवहरुमा शम्भू फोम्बो र गंगा फियाक, कोषाध्यक्षमा नरेश वनेम र सहकोषाध्यक्षमा पुष्पाञ्जली तिलिङ् निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा राजेन्द्र केरुङ, उदय बेघा, लेखनाथ चेम्जोङ, तानाम तान्छो लावती, इन्दिरा नेम्बाङ, विमला इवाराम, राज खिम्दिङ र गगन प्रकाश लावती निर्वाचित भएका छन् ।

कियाचू संघीय अध्यक्ष प्रेम एक्तेन, उपाध्यक्ष गोविन्द आङबुङ्, याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङ् लगायतले निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रममा याक्थुङ बरिष्ठ कलाकार, बुद्धिजिवी, साहित्यकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष यादन सेर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।