बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

 लिम्बुवान न्युज
                       

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो ।
यो उपचार सेवा नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषमार्फत प्रदान गरिने जनाइएको छ ।
उक्त कोष अन्तर्गत प्रति बिरामी दुई लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क उपलब्ध हुने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । अधिकृत गिरीका अनुसार मुटु रोगका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले सेवा शुरु गरिएको बताए ।
सरकारसँगको समन्वयमा प्रदेश नं. १ मै पहिलोपटक यस्तो सेवा शुरु गरेका छौं, यसले विपन्न वर्गका मुटुरोगीलाई राहत मिल्ने विश्वास लिएका छौं”– अधिकृत गिरीले वताए ।
विरामीले अस्पतालबाट मुटु रोगसम्बन्धी परीक्षण, औषधि, शल्कक्रिया र विशेषज्ञ परामर्श सेवा निःशुल्क रुपमा उपलब्ध गराउने जनाइएको छ ।
बिएण्डसी अस्पताल प्रदेश नं. १ मै क्यान्सर, मृगौंला डायलाइसिस, हेड तथा स्पाइनल इन्जुरी र मुटु रोग सम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने पहिलो अस्पताल बनेको छ । योसँगै अस्पतालले स्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वअनुसार सेवा विस्तार गरेको बताइएको छ ।
बिएण्डसी अस्पताल नागरिक बचाउ महाअधियानका संयोजक दुर्गा प्रसाईद्वारा संचालित अस्पताल हो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...