
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार पाएकाे हाे ।
केरूङकै मुख्य अभिनय रहेको यस चलचित्रलाइ चलचित्र विकास बोर्डद्धारा मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा उक्त पुरस्कार प्राप्त गरेको छ । उक्त अवसरमा सम्मान पत्र र नगद २ लाख प्राप्त गरेकाे छ ।
लिम्बु जातिमा मृत्यु पछि चे (लास)लाइ सामुदायिक बन अथवा सार्वजनिक जग्गा अथवा पुरानाे च्यानघारीमा लाने परम्परा रहेकाे छ । तर, अहिले ति स्थानहरूमा लास व्यवस्थापन गर्न सरकारले बन्देज गर्ने र उनीहरूकाे लास व्यवस्थापन गर्ने परम्परामाथि नै सरकारले नियन्त्रण तथा आक्रमण गर्ने यि समसामयिक राजनीतिक सन्दर्भमा निर्माण गरिएको चलचित्र चे (लास)ले आदिवासी लिम्बुहरूमाथी भइरहेको आक्रमणलाई मुख्य रुपमा उठान गरिएको छ ।
यसअघि ‘चे’ले पाचौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ मा पनि उत्कृष्ट चलचित्र र सागर केरुङले उत्कृष्ट निर्देशकको अवार्ड हात जितेका थिए ।
यस वर्षको उत्कृष्ट चलचित्र शाम्बाला बनेकाे छ । यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्णबहादुरको सारंगी’बाट विजय बराल र उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने उपासनासिंह ठकुरीले ‘खुस्मा’ चलचित्रबाट जितेकी छिन् ।