निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

 लिम्बुवान न्युज
                       

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ मा केरुङलाई उकृष्ट निर्देशक जुरी अवार्ड प्रदान गरिएको हो ।

लिम्बु भाषाका विभिन्न चलचित्रहरु निर्माण तथा निर्देशक केरुङ्ले राष्ट्रिय÷अन्तराष्ट्रियस्तरको दर्जनौं अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेका छन् । विगत दुई दशकदेखि चलचित्र लेखन, निर्माण तथा निर्देशनमा क्रियाशील केरुङले चलचित्र ‘चे’मार्फत उक्त अवार्ड प्राप्त गरेका हुन् ।

चलचित्र‘चे’ले लिम्बू याक्थुङहरुको आन्तरिक र बाह्यरुपमा कसरी लास भइरहेका छन् ? भन्ने कथा उठाएको छ । अहिलेको एकाईसौंं शताब्दीमा विकासको नाममा मौलिक, भाषिक तथा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई यस चलचित्रले प्रस्तुत गरेको छ । राज्यको सबै तहका सरकारले विकासको नाममा भत्काइरहेको याक्थुङ लिम्बु आदिवासीहरुको समाधिस्थल नै अतिक्रमण गरिसकेपछि याक्थुङ समुदायमा चे/लास नै प्रमुख समस्याको रुपमा हो भन्ने यथार्थ घटनालाई चलचित्रमा चित्रण गरिएको छ ।

नेपाल लगायत विभिन्न स्थानहरुमा प्रदर्शन गरिएको ‘चे’ले याक्थुङ सिने अवार्ड–२०८१, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८१, बिशेष चलचित्र पुरस्कार–२०८१ (चलचित्र विकास बोर्ड), लगायत उत्कृष्ट अवार्ड तथा पुरस्कारहरु प्राप्त गरिसकेको छ ।

फेस्टिभलमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, एडिन्बराका सांसद फेजल चौधरी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल स्कटल्याण्ड एसोसिएसनसँग फेष्टिभल आयोजनाका लागि नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं.१ ले सहकार्य गरेको चलचित्रकर्मी महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

महोत्सवमा उत्कृष्ट अभिनेता दयाहाङ राई, उकृष्ट निर्देशक मिलन चाम्स, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट चरित्र अभिनेता माओत्से गुरुङलगायत लघुचलचित्र, डकुमेन्ट्री, आदिवासी जनजाति चलचित्र र आदिवासी विषयमाथि बनेका चलचित्रहरुलाई २० विधामा अवार्ड वितरण गरिएको थियो ।

हङकङ, कोरिया र साउदी अरबमा प्रदर्शन हुँदै

चलचित्र ‘चे’ आगामी १७ अगष्ट २०२५ मा हङकङमा, ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...