अग्रज पत्रकार काजी सहित सयौं व्यक्ति काँग्रेसमा प्रवेश

 लिम्बुवान खबर
                       

दमक/झापाका अग्रज पत्रकार नकुलकाजी(पाण्डे) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य विश्वनाथ श्रेष्ठसहित एक सय भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य विश्वनाथ श्रेष्ठको नेतृत्वमा एक सय जना भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली पत्रकारितामा बलियो धरोहर कहलिएका काजी २०७१ सालमा कमल थापाले नेतृत्व गरेको राप्रपामा छ महिना सात दिन प्रवेश गरे पनी राप्रपाको कार्यशैली मन नपराएर पार्टी निरपेक्ष रहेका थिए ।
विगत छ – सात वर्षदेखि प्रतिपक्ष धारमा कलम चलाउँदै आएका काजीले लोकतन्त्रको स्थायीत्वका लागि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको बताए ।
नेपाली काँग्रेस पार्टीको धारणा, सारभूत सिद्धान्तमा अडिग रहेका उनले अहिलेको अवस्थामा लोकतन्त्र खतरामा पर्ने अवस्था देखेकाले लोकतन्त्रवादी पार्टीलाई वलियो वनाउन नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको बताए । काजीले अहिलेका सत्ताधारीहरुबाट लोकतन्त्रको हुर्मत लिने काम भएको र यसले राष्ट्रियता नै संकटमा पर्ने अवस्था देखिएकोले देश र लोकतन्त्र जोगाउन आफू बिनाशर्त नेपाली काँग्रेसमा प्रवेश गरेको बताए । बरिष्ठ पत्रकार काजीले सबै देशवासीले लोकतन्त्रको जननीको रुपमा नेपालमा निरंकुशताका बिरुद्ध स्थापना भएको काँग्रेस पार्टीलाई साथ दिन अपिल गरे ।

त्यस्तै श्रेष्ठले ३५ वर्ष राप्रपामा बसेर आफूले समय र उमेर बेकारमा खेर फालेको दुखेसो गर्दै अलमलिएर बसेका लोकतन्त्रवादीहरुलाई आफूजस्तै नेपाली काँग्रेसको बिशाल लोकतान्त्रिक छहारीमा आउन आव्हान गरे । उनले राप्रपामा व्यक्तिवादी प्रवृत्ति हावी भएको र उसले प्रजातन्त्रको संरक्षण गर्नसक्ने अवस्था नदेखिएकोले सच्चा प्रजातन्त्रको छहारी खोज्दै आफू काँग्रेसमा आइपुगेको बताए ।

कार्यक्रममा श्रेष्ठसहित ४० जना अगुवा कार्यकर्ता सहित काँग्रेसमा प्रवेश गरेको बताइएको छ । नव प्रवेशीहरूलाई नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, जिल्ला सभापति उद्धव थापा, प्रदेश संसद ओमप्रकाश सरावगी, क्षेत्रीय सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जनले स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

नवप्रवेशी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व गृह तथा उपप्रधानमन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियता समाजवाद र लोकतन्त्र चाहने सच्चा देशभक्तहरुले अहिले आफैं नेपाली काँग्रेसलाई खोजीरहेको बताउँदै त्यसैको परिणाम बिश्वनाथ र नकुलकाजी जस्तो राष्ट्रको बौद्धिक व्यक्तिवहरु बिनाशर्त काँग्रेस प्रवेश गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिक, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा लगायतले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले अरु पार्टीमा जस्तो निषेध र बिभेदको राजनीति काँग्रेसमा नहुने हुँदा नयाँ पुरानो नभनी मिलेर संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेस भद्रपुर नगर समितिका सभापति मोहन महर्जनको सभापतित्वमा भएको कार्यक्रममा ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेलले धेरै लब्ध प्रतिष्ठित व्यक्तित्व र आम सर्वसाधारणहरु काँग्रेस प्रवेशको तयारीमा रहेपनि कोरोनाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको बताए । माक्स, सेनेटाइजर, एक अर्काबीच अनिवार्य भौतिक दुरी कायम गरिएको सो कार्यक्रममा साबुन पानीले हात धोएपछि मात्र कार्यक्रम स्थलमा प्रवेशको व्यवस्था मिलाइएको थियो ।
काँग्रेसका आदिवासी नेता कालेन्द्र राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव राम कंडेलले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...