दमकमा भदौ २० गतेसम्म निषेधाज्ञा लम्बियो

 लिम्बुवान खबर
                       

दमक । झापाको दमक नगरपालिकाले थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको आज बसेको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४  गतेदेखि भाद्र २० गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो ।

दैनिक उपभोग्य समाग्री खरिद गर्नका लागि सामाजिक दुरी कायम गर्दै सुरक्षाका उपाय अपनाएर  बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा ब्यवसाय खोल्न पाइने बताइएको छ ।

औषधी पसलहरु र अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । सबै अस्पताल क्लिनिकहरू बन्द रहेनछन्  । यस्तै दमक ६ मा रहेको नयाँ सब्जीबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।  २५ जना भन्दा बढी मलामी जान पाइने छैन ।

निषेधाज्ञाको नगरपालिकाबाट अनुगमन गरिने र नियम उल्लघन् गरे कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ ।

यसअघि कायम गरेको निषेधाज्ञा भोली भाद्र १३ गते राति १२ बजे सकिंदैछ । अझै  कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप ७ दिन कायम राख्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो ।

दमकमा मात्रै हालसम्म ८१ जना कोरोना संक्रमित भएका छन् भने  ४१ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;