कम्युनिटी शिल्ड : लिभरपुललाई हराउँदै आर्सनल च्याम्पियन

 एजेन्सी
                       

काठमाडाैं । आर्सनलले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।

शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।

आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । आर्सनलभन्दा धेरै म्यानचेष्टर युनाइटेडले २१ पटक उपाधि जितेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा आर्सनलका पाँचै खेलाडीले गोल गरे । लण्डन क्लबका लागि रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एमरिक ओबामियाङले गोल गरेका थिए ।

लिभरपुलका चार खेलाडी मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो ।

त्यसअघि खेलको १२ औं मिनेटमा ओबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा वैकल्पिक खेलाडी मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए ।

प्रिमियर लिग र एएफ कपको विजेता बीच नयाँ सिजनअघि कम्युनिटी शिल्ड खेलाइन्छ । आर्सनल एफए कपको विजेता हो भने लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो ।

आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...