मेस्सीले बार्सिलोना छाडने पक्का

 लिम्बुवान न्युज
                       

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडने पक्का भएको छ । बार्सिलोनाले बिहीबार अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको हो ।

बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताईएको थियो ।

तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे । मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएर पुनः चर्चामा आएका थिए । (फाइल तस्वीर)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...