आगामी साफ च्याम्पियनसिप खेल माल्दिभ्समा हुने

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। माल्दिभ्सले दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप खेल आयोजना हुने भएको छ । आज (सोमबार) बसेको साफको बैठकले अक्टोबरमा हुने साफ च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

आगामी प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फाले जनाएको छ । एन्फाले स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै तालिकामा तलमाथि हुन सक्ने पनि बताएको छ ।

साफमा ५ राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलङ्का र आयोजक माल्दिभ्स सहभागी हुने भनिएपनि भुटानले समेत सहभागी हुने सम्भावना बढेको छ । भुटान सरकारले साफमा सहभागी हुन सकारात्मक छलफल गरेकाले ३ दिनमा भुटानले यकिन निर्णय दिने भएको छ । पाकिस्तानले भने सहभागी नहुने यस अघि नै जनाईसकेको छ ।

गत संस्करण बंगलादेशमा भएको साफमा माल्दिभ्सले उ्पाधि जितेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो । नेपाल हालसम्म पनि साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;