आगामी साफ च्याम्पियनसिप खेल माल्दिभ्समा हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। माल्दिभ्सले दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप खेल आयोजना हुने भएको छ । आज (सोमबार) बसेको साफको बैठकले अक्टोबरमा हुने साफ च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

आगामी प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फाले जनाएको छ । एन्फाले स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै तालिकामा तलमाथि हुन सक्ने पनि बताएको छ ।

साफमा ५ राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलङ्का र आयोजक माल्दिभ्स सहभागी हुने भनिएपनि भुटानले समेत सहभागी हुने सम्भावना बढेको छ । भुटान सरकारले साफमा सहभागी हुन सकारात्मक छलफल गरेकाले ३ दिनमा भुटानले यकिन निर्णय दिने भएको छ । पाकिस्तानले भने सहभागी नहुने यस अघि नै जनाईसकेको छ ।

गत संस्करण बंगलादेशमा भएको साफमा माल्दिभ्सले उ्पाधि जितेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो । नेपाल हालसम्म पनि साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...