अमेरिकामा २७औं विश्व आदिवासी दिवसको अवसरमा फिप्ना भलिबल तथा फूटबल प्रतियोगिता सम्पन्न

 लिम्बुवान न्युज
                       

क्यलिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले २७ औँ ‘विश्व आदिवासी दिवस २०२१’ को अवसरमा फिप्ना भलिबल तथा फुटबल कप प्रतियोगिता सम्पन्न भएको छ । आयोजकका अनुसार न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७ देखि ८ सम्म आयोजना भएको उक्त प्रतियोगिता हालसम्मकै सर्वाधिक ठूलो पुरस्कार राशीको हो ।

१४ टिम सहभागी भलिबल खेलको बिजेता नेपस्टार डालस टेक्सास भएको छ भने तमु गुरूङ सोसाइटी उपविजेता बनेको छ । यस्तै फुटबल तर्फ १८ टिम सहभागी भएका थियो । फुटबलको उपाधीभने न्यूयोर्क फुटबल क्लबले जितेको छ । त्यसैगरी याक फुटबल क्लबले उपविजेतामा चित्त बझुाएको थियो ।

विजेता भलिबल र फूटबल टिमले क्रमश प्रथम पुरस्कार नगद ५ हजार, कप, मेडल तथा प्रमाणपत्र पाएका छन् भने र उपविजेता टिमहरुले ३ हजार अमेरिकन डलर कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

फिप्ना फूटबल खेल संयोजक तथा व्यवस्थापन संयोजक सुमन थाम्सुहाङ तथा सहसंयोजकहरूमा वाङला लामा, कुमार शेरचन, अजित गुरूङ, सेहाङ नेम्बाङ र बुद्वी गुरूङ रहेका थिए ।

त्यस्तै गरी भलिबल खेलको संयोजक याम पुन र सह संयोजकहरूमा क्रमशः हरी राना, जित गुरूङ, मन प्रसाद रोक्का, पासांङ लामा, ईन्द्र थापा, सुजल छन्त्याल, दिप ब रानामगर र विकास घर्तीमगर रहेको सचिवालयले काम गरेको थियो ।

दुई दिनसम्म सन्चालन भएको फिप्ना कप २०२१ ले नेपाली अमेरीकन समुदायमा युवा तथा खेलकुदको माध्यम मार्फत नेपाली अमेरीकन पहिचान स्थापित गराउने अभियान रहेको आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीकन अध्यक्ष लोक चेम्जोङ्ले बताएका छन् ।

फिप्ना कप २०२१ लाई न्यूयोर्क राज्य सभा सदस्यमा. जेनिफÞर राजकुमार, नेपाली महावाणिज्य दुतावासका का.व. महावाणिज्य दुत विष्णु प्रसाद गौतम, ब्रुक्लिङ बोरो प्रेसिडेण्ड एरिक एडम, एनआरएन अमेरीकका अध्यक्ष बुद्दी सुवेदी लगायत विभिन्न नेपाली अमेरीकन समुदायमा क्रियाशील संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रविधिक टोली, स्वयंसेवक र खेलाडीहरूको उत्साहजनक सहभागीता र सहयोगले फिप्ना कप २०२१ खेल महोत्सवको रूपमा सम्पन्न भएको फिप्नाका महासचिव नरेन्द्र थापाले बताए थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...