अफगानिस्तानका सेना प्रमुख अहमदजाइ बर्खास्त

 लिम्बुवान न्युज
                       

काठमाडौं, २८ साउन । अफगानिस्तान सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको जनाएको छ । अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी गत जुन महिनामा मात्र सेना प्रमुख नियुक्त भएका थिए ।

राष्ट्रपति असरफ गनीले अहमदजाइलाई हटाएर हिबतुल्लाह अलिजाईलाई सेना प्रमुख नियुक्त गरेको बीबीसीले जनाएको छ । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई कब्जामा लिएर सयौं कैदीहरूलाई रिहा गरेको समाचार सार्वजनिक भएको छ । यद्यपि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।

हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्ने प्रयास जारी राखेको छ । अफगानिस्तानको दक्षिणी भागमा अवस्थित कान्दहार सहरका गल्ली–गल्लीमा अफगान सेना र तालिबानबीच लडाइँ भइरहेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ ।

अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेना फिर्ता भएपछि तालिबान समूहले पुनः सक्रियता बढाएको छ ।

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...