फिफा वरियतामा नेपाल १६८औं स्थानमा उक्लियो

 लिम्बुवान न्युज
                       

काठमाडौं । फिफा वरियतामा नेपालले तीन स्थान माथि उक्लिदै सुधार गरेको छ । बिहीबार वरियता सार्जनिक गर्दै यसअघि १ सय ७१ औं स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा १ सय ६८औं स्थानमा उक्लिएको हो ।

जेठमा नेपालले विश्व कप तथा एसियन कप छनोटका बाँकी ३ खेल र त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । इराकसँग उसकै मैदानमा नेपाली टोली ६–२ ले पराजित भएको थियो । विश्व कप छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको नेपाल त्यसपछिका दुई खेलमा जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।

दक्षिण एसियाली राष्ट्रहरु भारत शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियताको १ सय पाँचौं स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ५८ औं स्थानमा छ । नेपाल भन्दा पछि भुटान १ सय ८७ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय पाँचौं स्थानमा रहेको छ ।

बेल्जियम फिफा वरियताको शीर्षस्थानमा यथावत रहेको छ । त्यसैगरी ब्राजिल दोस्रो, विश्व कप विजेता फ्रान्स तेस्रो, युरो २०२० को उपविजेता इंग्ल्यान्ड चौथो, युरो विजेता इटाली पाँचौं, कोपा अमेरिका विजेता अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दसौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...