अफगानिस्तानका राष्ट्रपतिले देश छाडेः तालिवान लडाकुहरु काबुलमा प्रवेश

 लिम्बुवान न्युज
                       

एजेन्सीको सहयोगमा । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाई उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।

अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेसँगै सुरक्षाका कारण देखाउँदै गानीले देश छाडेका हुन् ।

अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकाले हेलिकोप्टरबाट काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गरेसँगै तालिबानका लडाकु सहरमा प्रवेश गरेका हुन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले सहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।

अफगानिस्तानको प्रेसिडेन्टल प्यालेसको ट्वीटर एकाउन्टबाट काबुलको धेरै स्थानमा गोली चलेको सुनिएको पोस्ट गरिएको छ । यद्यपि अफगानिस्तानका सुरक्षाकर्मीले सरकारलाई नियन्त्रणमा राखेको उक्त पोस्टमा उल्लेख गरिएको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेसँगै अमेरिकाले थप सैनिक पठाउँदै आफ्ना नागरिकलाई सहयोग गर्ने बताएको छ । त्यस्तै नेटोका अधिकारीले युरोपेली संघ (ईयू)का धेरै कर्मचारीलाई राजधानीको सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

तालिबानका एक अधिकारीले आफूहरुले कुनै युद्ध नचाहेको बताएका छन् तर संगठनको तर्फबाट युद्धविरामको घोषणा भने भएको छैन । यसअघि तालिबानले आइतबार बिहान जलालबादलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...