लिम्बुवान मञ्च यूके कोल्चेस्टर शाखा अध्यक्षमा डम्बर बहादुर चोङबाङ् निर्वाचित

 लिम्बुवान न्युज
                       

बेलायत। संघीय लिम्बुवान सामाजिक मञ्च बेलायतको कोल्चेस्टर शाखा अध्यक्षमा डम्बर बहादुर चोङ्बाङ् निर्वाचित भएका छन् । शुक्रबार यूके कोल्चेस्टरमा भएको कार्यक्रममा चोङबाङ् सर्वसहमतिमा निर्वाचित भएका हुन् ।

सामाजिक मञ्चका अध्यक्ष टंक खापुङ्को प्रमुख आतिथ्यतामा भएको उक्त संगठन विस्तार कार्यक्रममा मञ्चका उपाध्यक्ष शर्मिला यक्सो, महासचिव राम इजम र थरक शाखाका अध्यक्ष कृष्ण कुमार कुरुम्बाङको उपस्थिति रहेको थियो ।

नवगठित समितिमा अध्यक्ष चोङबाङ सहित उपाध्यक्षमा निमेस नेम्बाङ, सचिवमा भिम लाओती, अर्थसचिवमा भिम कुरुम्भङ रहेका छन् भने सदस्यहरुमा कुमार हुक्पा चोङबाङ, मसाना लिम्बु र बिष्णु कुमारी लिम्बु रहेका छन् । त्यसैगरी सल्लाहकारमा मे.रि. चित्रराज हुक्पा चोङबाङ सर्वसहमतिमा निर्वाचित भएका छन् ।

निर्वाचित कार्य समितिलाई प्रमुख अतिथि अध्यक्ष खापुङले सफलग्रहण गराउँदै कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए । यसैगरी अन्य अतिथिहरुले पनि नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएको महासचिव इजमले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...