कोभिड–१९ खोपको राजनीति

 लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

विश्व हाल कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ । संसारभरि कोरोना भाइरसले धेरै मानिसको ज्यान लिई सकेको छ । कोरोनाको कारण विश्वको उद्योग, व्यापार, पर्यटन, शिक्षा र रोजगारीमा ठूलो संकट सृजना भएको छ । कोरोनालाई जित्न संसारभरि अनेकन उपायको खोजी कार्य जारी राखिएको छ । महामारीका कारण अकालमा लाखौं लाख मानिसले ज्यान गुमाइरहेका छन् ।

कोरोना भाइरस सर्वप्रथम चीनको बुहान सहरमा सन् २०१९ को अन्त्यमा देखा परेको थियो । बुहान सहर चीनको एक व्यस्त सहर हो जहाँ एक करोड दस लाख मानिसको बसोबास छ । बुहान सहरमा सन् २०२० काे जुनमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टि भएको समाचार चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्हाले प्रकाशित गरेको थियो ।

चीनको बुहान सहर कोरोनाको उदगम स्थल भएको पुष्टि भए पछि विश्व स्वास्थ्य संगठनले २०२१ को जनवरीमा एक अनुसन्धान टोली बुहान पठाएको थियो । लामो अनुसन्धान पछी विश्व स्वास्थ्य संगठनले कोरोनाको उत्पति बुहानबाट नै भएको प्रष्ट पार्यो र त्यसको निर्दिष्ट ठाउँ पत्तो लगाउन WHO ले आफ्नो अनुसन्धान अगाडि बढाउने निर्णय गर्यो तर चीनले विश्व स्वास्थ्य संगठन उक्त स्थानमा अनुसन्धानलाई थप अगाडि नबढाउन निर्देशन गर्यो र अनुसन्धान गर्न रोक लगायो।

सन् २०१९ मा देखापरेको कोरोना भाइरसले संसारका सबै राष्ट्रलाई घाइते पारेको छ । संसार भरिका मानिसलाई आतङ्कित पारेको छ । संसारको विकास निर्माण लाई नै घायल पार्दै यसको रोकथामको उपायको खोजीमा विश्वलाई अग्रसर गराएको छ ।

कोरोनाले संसारलाई आतङ्कित पारी रहेको यो विषम परिस्थितिमा संसारका शक्ति राष्ट्रहरु यही महामारीलाई आफ्नो व्यापार वृद्धिको अवसरको रूपमा लिएको देखिएको छ । भाइरसको रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री माक्स, पीपी लगायतका सामाग्री उत्पादन गरी विश्व बजारमा आफ्नो व्यापार व्यवसाय वृद्धि गर्न विकसित राष्ट्रहरू सक्रिय भएको पाइएको छ । लामो अनुसन्धान र खोज पछि भाइरसको रोकथामको लागि विकसित राष्ट्रहरूले खोपको आविष्कार गरेका छन् । चीनले पनि भाइरस विरुद्धको खोपको आविष्कार गरेको छ ।

चीनले संसारका देशहरूलाई खोपको माध्यमबाट आफ्नो अनुकुल बनाउने कुटनैतिक रणनिती अघि बढाएको छ । चीनमा अध्ययन गर्न जाने विद्यार्थीहरु र चीन प्रवेश गर्ने पर्यटकलाई चीनमा नै निर्मित खोप लगाएको हुनु पर्ने भनी बाध्यकारी नियम बनाएको छ र यो नियमले संसारबाट चीन अध्ययन गर्न जाने विद्यार्थी र अन्य कामको लागि चीन जाने मानिसलाई मानसिक दबाब परेको छ । गरीब देसलाई सुरु सुरुमा अनुदानमा खोप उपलब्ध गराउने र पछी त्यो अनुदानको खोपको मूल्य समेतको लागत भरपूर हुने गरी खोपको लागत कायम गरी गरीब राष्ट्रलाई घुँडा टेकाउने नीति लिएको जानकारहरूको विश्लेषण छ । खोपको माध्यमबाट अप्रत्यक्ष रुपमा विश्व अर्थतन्त्र आफ्नो अनुकुल बनाउन चीन अहोरात्र सक्रिय रहेको बुझिएको छ ।

विश्वका विकसित राष्ट्रहरू कोरोना भाइरसलाई अवसर र चुनौतीको रुपमा लिँदै खोपको माध्यमबाट विश्व अर्थतन्त्र आफ्नो अनुकुल बनाउन सक्रिय भएको सर्वत्र अनुभूति गरिएको छ।

लेखकः संघीय लिम्बुवान मञ्च, नेपालका प्रान्तीय उपमहासचिव हुन्

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...