आज अफगानिस्तानबाट थप ११२ जना स्वदेश फर्किएका

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर । अफगानिस्तानबाट थप ११२ जना नेपाली आज स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मंगलबार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको हो ।

योसँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र भारतको नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँबाट बिदेशी नागरिक बाहिरने क्रम अझै जारी रहेको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...