अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम बिस्फोट ६० जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

एजेन्सी । अफगानिस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अन्तराष्ट्रिय सञ्चार संस्था बीबीसीका अनुसार विस्फोटमा परी मृत्यु हुनेमा १३ जना अमेरिकी नागरिक समेत रहेका छन् ।

अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।

उनीहरुलाई अमेरिकाले ल्याएको हवाईजहाज मार्फत अफगानिस्तान छोड्न लागेका थिए ।ं

यसअघि नै अमेरिका र बेलायतले कावुलस्थित विमानस्थलमा आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए । (एजेन्सीको सहयोगमा)

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...