भूटानी शरणार्थी समस्या समाधानका लागि बीआरआरआरसीको सरकारसँग अपिल

 लिम्बुवान न्युज
                       

दमक, झापा । भुटानी शरणार्थीको प्रतिनिधिमुलक संस्था भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (बीआरआरआरसी) ले शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन नेपाल सरकारसंग अपिल गरेको छ ।

बीआरआरआरसीका तर्फबाट समितिका अध्यक्ष डाक्टर भम्पा राईले प्रधानमन्त्री शेरबहादुर देउवालाई चार दिनअघि बधाई शुभकामना सन्देस पठाउदै भुटानी शरणार्थी समस्या समाधानका लागि पहल गरिदिन अपिल गरेका हुन् ।

समितिले तीन दशकदेखि नेपाली भूमीमा भुटानी शरणार्थीहरू दुःखकष्ट सहँदै बसिरहेको र यतिका लामो शिविरको बसाई लम्बिदै गएपनि दिगो समाधान अझै नहुनु दुखद भएको उल्लेख गरेका छन् ।

भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाइएको तर घर फर्काउन भने यतिका बर्ष वितेपनि कतैबाट पहलकदमी नभएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराइएको अपिलमा उल्लेख छ । अपिलमा भनिएको छ –‘ नेपाल सरकारको समन्वयमा शरणार्थी हेरचाहमा संलग्न विदेशी दातृसंस्थाले भुटानी शरणार्थीलाई तेश्रो मुलुक मात्र पुर्नावास गरियो, तर पुर्नावासमा इच्छा नराख्ने भुटानीलाई स्वदेश फिर्ती लैजाने काम हुन सकेन । ’ शिविरमा बाँकी रहेका स्वदेश फर्किने भुटानीलाई अव भुटान लैजाने वातावरण गर्न नेपाल सरकारले पहल गर्नु पर्ने समितिको अनुरोध छ ।

प्रधानमन्त्रीलाई पठाइएको सन्देशमा भनिएको छ, –‘भुटानी शरणार्थीलाई तेश्रो देश पुनर्वास गराउने मात्र जिम्मा दातृसंस्थाले लिए, तर हामी ससम्मान घर फर्किन चाहने भुटानीलाई घर फर्काउनका लागि कतैवाट भुटान सरकारलाई दबाब दिने काम भएनन् । शिविरमा शरणार्थी घट्यो तर समस्या समाधान हुनको सट्टा झन्झन जटिल बन्दै गएको छ ।’

समितिका अध्यक्ष डा. राईले यसअघि कांग्रेस सरकारमा हुँदा भुटानसँग द्विपक्षीय वार्ता गरी भुटानी शरणार्थीलाई स्वदेश फर्काउने पहलकदमीलाई उत्कर्षमा पु¥याँएको स्मरण गर्दै नेपालले भुटानीका समस्या समाधान गरी एसियामा नयाँ इतिहास बनाउने अपेक्षा व्यक्त गरिएको उल्लेख छ । यसअघि समेत समितिले त्तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटकपटक अपिल गरिआएपनि सरकारबाट कहिल्यै सुनुवाई नभएको अपिलमा जनाईएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...