कियाचु यूकेको आसफोर्ड शाखा अध्यक्षमा सुदिप थोप्रा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । किरात याक्थुङ चुम्लुङ यूकेको आसफोर्ड शाखाको अध्यक्षमा सुदिप थोप्रालाई चयन भएका छन् । आइतबार आसफोर्डको मस्ग्रोभ रोडमा भएको पाँचौ अधिवेशनले सुदिप थोप्रालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

कार्यक्रमलाई प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष छत्र वनेमले उद्घाटन गरेका थिए । शाखाको अधिवशेनले थोप्रोको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षहरूमा काजी साम्यू, शकुन्तला नेम्वाङ, दिवस थोप्रा, सुन्दर लिङ्थेप, सचिवमा अमित थेवे, सहसचिवहरूमा डम्बर खापुङ, शिखर सम्बाहाम्फे, कोषाध्यक्षमा तुलविक्रम वनेम र सह–कोषाध्यक्षमा शान्ता फावेन निर्वाचित भएका छन् ।

त्यसैगरी, साँस्कृतिक विभाग सचिवमा शिखर सम्बाहाम्फे र सहसचिवहरूमा गोकुल लिवाङ, निसुमा मुसाहाङ, सिक्कुम हुक्पा चोङवाङ, भाषा तथा साहित्य विभाग सचिवमा शिशिर सम्बाहाम्फे र सहसचिवमा योगेन्द्र तावा रहेका छन् । यस्तै, सदस्यहरूमा राई बहादुर मादेन, बुद्धि जवेगू, अनिता मादेन, राम तुम्बाहाम्फे, पदमा योङहाङ, सरला नेयोङहाङ, पृथीहाङ येङ्देन, सुजेन्द्र माबोहाङ, दिवाना पालुङ्वा, यमुना नेम्वाङ र सृजना माबो रहेका छन् ।

निवर्तमान अध्यक्ष टङ्क येङ्देनको अध्यक्षता तथा सचिव दिवस थोप्राको सञ्चालनमा भएको उक्त अधिवेशनले निवर्तमान अध्यक्ष येङ्देनलाई आगामी सेप्टेम्बरमा हुन लागिरहेको चुम्लुङको १०औँ महाधिवशेनका लागि केन्द्रीय सदस्यमा पठाउने समेत सर्वसम्मतले निर्णय गरेको छ । अधिवेशनमा सचिव थोप्राले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । निर्वाचन मण्डल अध्यक्ष एवम् संस्थापक शाखा अध्यक्ष राजेन्द्र खिम्दिङले निर्वाचित समितिका पदाधिकारी सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । निर्वाचनको प्रक्रियामा पूर्व केन्द्रीय अध्यक्ष डम्मर सिंगक र शाखा सल्लाहकार दिल सम्बाहाम्फेले साथ दिएका थिए । नवनिर्वाचित अध्यक्ष थोप्राले पहिलो बैठक सेप्टेम्बर दोस्रो साता बस्ने तयारी भइरहेको जानकारी दिए ।

१० वर्ष पूरा गरेको अवसरमा काटियो केक

अधिवेशनकै क्रममा कियाचू आसफोर्ड शाखा स्थापना भएको १० वर्ष पूरा गरेको अवसरमा पूर्व अध्यक्षहरूले केक काटेर उत्सव समेत मनाएका थिए । अधिवेशनमा केन्द्रीय समितिका उपाध्यक्ष दुर्गा पाङ्मा, महासचिव गणेश इजम, केन्द्रीय सदस्य पूर्ण मादेन, पूर्व केन्द्रीय अध्यक्ष सिरी साम्यू, कोषाध्यक्ष देव हुक्पा चोङवाङ, शाखा सल्लाहकार नरेन्द्र माबोहाङ लगायतको उपस्थित रहेको थियो ।

कियाचु आसफोर्ड यूकेकै सबैभन्दा ठूलो शाखा मानिन्छ । आसफोर्ड शाखाको स्थापना सन् २०१० अगष्ट २९ मा भएको थियो । यूकेमा हाल १६ शाखाहरू रहेका छन् । केन्द्रीय महाधिवेशन यहीँ सेप्टेम्बर १७ र १८ मा अल्डरसटमा हुँदैछ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...