लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी

 लिम्बुवान न्युज
                       

धरान/कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ ।

धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो । इम्पोरियममा ५० लाख बराबरको लगानी रहेको सञ्चालक सुमन कुमार श्रेष्ठले जानकारी दिए । यहाँ गोर्खा ब्राण्ड अन्तर्गत बालबालिका, महिला र पुरुषका डिजिटल, स्मार्ट र एनालग घडीहरु पाइने उनले बताए ।

यसका साथै गोर्खा ब्राण्डकै अन्य लेदरका सामग्री, चस्मा, भित्ते घडी, ब्याग, ब्राण्डेड कपडा, टाई पिन, कलाकृतिहरुसमेत पाइने इम्पोरियमले जानकारी दिएको छ । गोर्खा ब्राण्डकै खुकुरी आइटमहरु पनि यहाँ पाइनेछ ।

गोर्खालीहरुको वीर गाथा बोकेको घडी

गोर्खा वाच सन् २०१५ मा बेलायतमा उत्पादन गरिएको थियो । यसले नेपाली गोर्खालीहरुको वीर गाथा बोकेको बताइन्छ । बेलायतमा गोर्खाली सेनाहरुले सेवा गरेको २ सय बर्ष पुगेको उपलक्ष्यमा गोर्खालीहरुको त्याग र सम्मानमा २ सय वटा गोर्खा वाच निर्माण गरिएको थियो । सिमित संख्यामा मात्र उत्पादन भएको गोर्खा वाचको माग बजारमा अत्यधिक भएपछि अहिले ब्राण्डकोरुपमा स्थापित हुन सफल भएको छ ।

धरान पनि भूपू ब्रिटिश आर्मीहरुको सहर हो । लाहुरेहरुको सहर भनेर परिचित धरानमा पनि वीर गोर्खालीहरुको इतिहासलाई जीवन्त राख्न गोर्खा ब्राण्ड वाचलाई भित्र्याएको कुमार एण्ड सन्स इन्पोरियमका सञ्चालक सुमन कुमार श्रेष्ठको भनाई छ । (क्लिक धरानबाट)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...