इपिएल विजेताले पाउने भए ५० लाख

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर । एभरेष्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणमा विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । मंगलबार इपिएलले विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कारराशीको रकम घोषणा गरेको हो । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने भएका छन् ।

यो पुरस्कार राशी नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो रकम हो । यसअघि धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा सर्वाधिक पुरस्कार ३० लाख रहेको थियो । तेस्रो संस्करणको डिपिएल च्याम्पियन बनेको सिवाइसी अत्तरियाले ३० लाख र उपविजेता महेन्द्रनगर युनाइटेडले १२ लाख हात पारेका थिए ।

यस प्रतियोगिताममा ६ शहरका ६ फ्रेन्चाइज टिम सहभागी हुनेछन् । विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको थियो । यस सिजनमा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको थियो । इपिएलको मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहेको छ । बजाजले इपिएललाई यस संस्करणका लागि २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ ।

इपिएलको यसपटकको सिजनमा विभिन्न देशका हस्ती खेलाडीहरु सामेल हुँदैछन् । पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदि काठमाडौँ किंग्स–११बाट, श्रीलंकाका पूर्वकप्तान दिनेश चण्डीमाल भैरहवा ग्ल्याडिएटर्सबाट खेल्दैछन् भन चितवनबाट अफगानिस्तानका ओपनर मोहम्मद शाहजाद, मलेसियाका विरनदीप सिंह, पाकिस्तानका दानिस अजिज र श्रीलंकाका सिक्कुगे प्रसन्नाले खेल्न जनाइएको छ ।

त्यसैगरी पछिल्लो उपाधी विजेता ललितपुरबाट इंग्ल्यान्डका एलेक्स ब्लेक र भुटानका रञ्जंग मिक्यो दोर्जी छन् । पोखराले भने अहिलेसम्म कुनै विदेशी खेलाडी सार्वजनिक गरेको छैन । विराटनगरबाट भने जिम्बावेका अलराउन्डर सिकन्दर राजाले खेल्ने पक्का गरिसकेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...