फाल्गुनन्द साकोसद्वारा बार्षिक प्रतिवेदन सार्वजनिक

 लिम्बुवान न्युज
                       

फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था (साकोस)का अध्यक्ष लगायत पदाधिकारी र कर्मचारीहरू प्रतिवेदन सार्वजनिक गर्दै

दमक, १५ भदौं । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था (साकोस)ले १०औं साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

मंगलबार दमक ६ मा रहेको संस्थाको सभाहलमा पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनलाई संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प), उपाध्यक्ष महेन्द्र चाम्लिङ, सचिव दिलीप जवेगु, कोषाध्यक्ष फूलकुमारी आङदेम्बे र संस्थाका व्यवथापक कुवेर तुम्बापो लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष लिङदेनले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्वास्थ्य सावधानी अपनाउदै यसवर्ष असोज ७ गते साधारणसभा सम्पन्न गरिने तय भएको बताए ।

अध्यक्ष लिङदेनले यसवर्ष संस्थाको चुनावी साधारणसभा समेत भएकाले त्यसैअनुसार कार्यक्रम तय गरिएको बताए । जसअन्तर्गत असोज ५ मा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका लागि उम्मेदवारी मनोयन दर्ता, ६ गते उम्मेदवारी माथि दावीविरोध र फिर्ता छ भने ७ गते साधारणसभा सम्पन्न गरिने संस्थाले जनाएको छ ।

दमकमा मुख्य कार्यालय रहेको सहकारीले जिल्लाको शिवसताक्षी, बिर्तामोड सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । यसवर्ष मोरङको उर्लाबारी, मिक्लाजुङ गाँउपालिका त्यसैगरी इलाम जिल्लाको चुलाचुली र माङसेबुङ लगायत झापा, मोरङ र इलामका १० स्थानमा सेवा केन्द्र विस्तार गर्ने यजना रहेको अध्यक्ष लिङदेनले बताएका छन् । संस्थाले मुख्य कार्यालयसहित सेवाकेन्द्रबाट शेयर सदस्यहरुलाई प्रतिवेदन वितरण गरिने जनाईएको छ ।

अध्यक्ष लिङदेनले संस्थाको आगामी चार वर्ष भित्र प्रदेशकै नमुना सहकारीका रुपमा विस्तार गर्दै शेयर सदस्यको सुविधाका लागि मोवाइल बैकिङ लगायतका सेवा दिने समेत लक्ष्य रहेको बताए ।

प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका व्यवस्थापक कुवेर तुम्बापोले संस्थाको वित्तिय विवरण संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । सो कार्यक्रममा संस्थाका सञ्चालक, उपसमितिका पदाधिकारी तथा सदस्यहरुकोे उपस्थिति रहेको थियो ।

कारोवारमा बृद्धि

१६४८ जना शेयर सदस्य रहेको सहकारीले कोरोना महामारीका बाबजुद कारोवार वृद्धि गर्न सफल भएको छ । संस्थाका व्यवस्थापक तुम्बापोका अनुसार संस्थाले महामारीका बीच पनि सेवा विस्तार संगै आर्थिक प्रगति गर्न लक्ष्य अनुरुप बृद्धि गर्न सफल भएको छ ।

अघिल्लो वर्षको शेयर पूंजीलाई झण्डै दोव्वर बृद्धि गरेर ३ करोड ६५ लाख १२ हजार ३सय पुरयाँएको छ भने कुल कारोवार ७५ करोड २९ लाख ७६ हजार २७८ रुपैया गर्न सफल भएको व्यवस्थापक तुम्बापोले जनाएका छन् । त्यस्तै, वासलात २६ करोड ११ लाख ५ हजार ६९ रुपैया रहेको संस्थाले जनाएको छ । संस्थाले १८ करोड ३३ लाख २० हजार ९६४ रुपैया कर्जा लगानी , १४ करोड १६ लाख ४७ हजार ४९४ रुपैया बचत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...