चुम्लुङले आफ्नो स्थापना दिवसमा पुरस्कार बाड्ने

 लिम्बुवान न्युज
                       

मेयङलुङ, ११ भदौं । किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवसको सुवर्ण अवसरमा विगत वर्षहरुमा झै वितरण गर्दै आइरहेको विभिन्न पुरस्कार तथा छात्रवृत्ति (कुबेर पुर्नवती कन्दङवा स्मृति पुरस्कार) बाहेक अन्य पुरस्कारहरु नियमित रूपमा भाद्र १७ गते वितरण गर्ने जनाएको छ ।

लिम्बू समुदायको हकहितका निम्ति स्थापना भएको यस संस्थाले लिम्बु भाषा, लिपि, साहित्य, संस्कृति, गीत संगीत, समाजसेवा, भुमी अधिकार तथा राजनैतिक अधिकारका निम्ति उल्लेख्य योगदान पु¥याउने लिम्बू व्यक्तित्वहरु तथा शिक्षाको क्षेत्रमा अध्ययनरत उत्कृष्ट, जेहेन्दार विद्यार्थीहरुलाई संमान तथा पुरस्कृत गर्ने शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार कियाचु डम्बर फममाया तेयुङ स्मृती पुरस्कार डेनि इम्समलाई दिने जनाइएको छ । यसैगरी कियाचू इजरायलद्वारा प्रदान गरिन छात्रवृत्ति पुरस्कार स्वरस्वती आबि म्याङ्लुङ ६ की रेनुका आपागाइ र सिंहबाहिनी आवि फेदाप १ की कोपिला लिम्बु दिने वताइएको छ ।

यसरी नै देवि बहादुर आङबुङ स्मृति कोष जेहेन्दार छात्रवृत्ति पुरस्कर त्रिमोहन मावी आठराइ १ रोशन इङनामले पाउने भएका छन् भने सम्झना लिम्बू महेन्द्र मावी आठराइ २ र गंगा प्रसाद सेने सिंहदेवी माबी लालिगुरास ६ लाई याक्थुङ सहयोग कोषद्वारा प्रदान गरिने पुरस्कार दिईने कियाचू तेह्रथुम अध्यक्ष सेसेहाङ चोङबाङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...