सरू सिंगककाे संयाेजकत्वमा बन्याे पहिचानवादी महिला माेर्चा

 लिम्बुवान न्युज
                       

ललितपुर, १० भदाैं पहिचानवादी मोर्चाले पहिचानवादी महिला मोर्चाको संघीय समिति घोषणा गरेको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा भएको एक कार्यक्रमले महिला मोर्चाको सरु सिंगककाे संयोजकत्वमा समिति निर्माण गरिएको हो ।

माेर्चाकाे संघीय संयाेजक प्रा.डा. महेन्द्र लावतीकाे प्रमुख आतित्थयतामा भएकाे कार्यक्रममा  समितिको सदस्य सचिवमा याङ्छेन भोटे(सङखुवासभा ), संगठन विभाग प्रमुखमा गंगा राई सेर्मा (झापा ), आर्थिक विभाग प्रमुखमा सर्मिला आङ्देम्बे, (झापा) र प्रशिक्षक विभाग प्रमुखमा दिपा लक्सम (पान्थर ) रहेका छन ।

यसैगरी सदस्यहरूमा निता मादेन ( ताप्लेजुङ) , सुस्मा राई (पान्थर) , भावना इङवा (पान्थर) , दिक्षा छेत्री लिङदेन (पान्थर), नविना राई (पान्थर) , छलिमाया कुमाल (ईलाम), निर्मला चेम्जोङ (ईलाम), शशी तामाङ (ईलाम) , अग्निमाया मेचे (झापा ), फुङमा बोखिम (झापा,
सुनिता थक्सु (मोरङ), कल्पना लिम्बु (सुनसरी) , दिपकला लिम्बू (सुनसरी) ,सरकुमारी आठपहरिया (धनकुटा), राधिका फियाक (धनकुटा) , अरुणा सुक्वाबा, सिंगक (तेह्रथुम), प्रज्ञा इजम कङलिबा (सोलुखुम्बु ), पार्वती भित्रीकोटी (काठमाडौं ) , शान्ता राई(ललितपुर ), जयन्ती लावती (ललितपुर ) र आशमति साम्सोहाङ(भक्तपुर ) लाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा सदस्य सचिव तथा पूर्व मन्त्री गाेपाल किराती, डा. मित्र परियार, खगेन्द्र माखिम, कृष्ण चाेङ्बाङ लगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम संयाेजक सरू सिंगककाे अध्यक्षतामा भएकाे थियाे ।

 

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...