दमक,२६ साउन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवसको अवसरमा अर्जुन जम्नेली राईलाई ‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। उनी फाेनिज केन्द्रीय उपाध्यक्ष हुन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राईलाई ८ हजार रुपैयाँ नगद राशीसहित पुरस्कार हस्तान्तरण गरे ।

Advertisement फोनिजका लेखा समिति सदस्य एवम् पत्रकार प्रेम देवानको बुवाको स्मृतिमा कोष स्थापना गरिएको हो । स्थापना दिवसको अवसरमा फाेनिज माेरङकाे वेभसाइटसमेत शुभारम्भ गरिएकाे थियाे ।

वेभसाइटसमेत शुभारम्भ गर्दै विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले अबको समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रहेकाले समयसापेक्ष रुपमा हिँड्न नसक्नेहरू पछाडि पर्ने बताए ।
हिमालय दर्शन कलेजको सहयोगमा वेबसाइट निर्माण गरेर शुभारम्भ गरिएकाे हाे । कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले हिमालय दर्शन क