
ललितपुर, २ साउन । याक्थुङ चलचित्रकर्मी संघको आयोजनामा गत बर्षबाट आयोजना हुँदै आएको “याक्थुङ सिने अवार्ड” को दोस्रो संस्करण अर्थात दोस्रो “याक्थुङ सिने अवार्ड –२०८२” मंसिरमा हुने भएको छ । पहिलाे संस्करणमा चलचित्रमा समेटिएकाे अवार्डमा दोस्रो संस्करण देखि बृत्तचित्र र याक्थुङ म्युजिक भिडियोहरुपनि प्रतिस्पर्धामा समेटिने बताइएकाे छ ।
संघको शनिवार सम्पन्न कार्यसमिती बैठकले यस वर्षको अर्वाड कार्यक्रम मंसिरमा गर्ने निर्णय गरेको र नोमीनेशन भने असोज र कार्तिक महिनाका लागि तोकिएको अध्यक्ष नविन मेन्याङवोले बताएका छन् ।
गतवर्षको अवार्ड कार्यक्रमको पहिलो संस्करणमा लिम्बु चलचित्र ‘चे’ ले सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड र ‘खोक्पा’ ले सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो । २०८०/८१ सालभित्र निर्माण भएका बिसुद्व लिम्बु कथा र लिम्बु चलचित्रकर्मीहरुले निर्माण गरेको लघु चलचित्र र फिचर चलचित्रलाई अवार्ड प्रदान गरिएको थियो ।
चर्चित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, याक्थुङ भाषाबिद्द तथा कलाकार याशेली योङ्हाङ, कलाकार, निर्माता तथा याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो मुख्य जुरी रहेको टिमले विभिन्न बिधामा याक्थुङ चलचित्रकर्मीहरुलाई अवार्ड प्रदान गरेको थियो ।
गतवर्ष बरिष्ठ कलाकार प्रेम सुब्बालाई सोदुइङ्गेन लेप्मुहाइ अवार्डद्वारा समान गरिएको थियो । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरिएम हलमा सम्पन्न अवार्ड कार्यक्रममा लालिगुरास नगरपालिका तेह्रथुमका मेयर अर्जुन मावोहाङको प्रमुख आतिथी थिए ।