दमकमा थप ५ जनामा कोरोना संक्रमण, कमलमा ६ जना थपिए

 लिम्बुवान खबर
                       

दमक । झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको रिपार्टमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईका अनुसार एक सय ४४ जनाको रिपोर्टमा ५ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

दमकबाट पठाइएका एक सय ४८ जनाको स्वाबको पीसीआर परिक्षणमा अहिले सम्म एक सय ४४ जनाको रिपोर्ट आएको हो बाँकी ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

 

आज संक्रमण पुष्टि हुनेहरुमा ३ महिला र २ पुरुष रहेका छन् । जसमा वडा नम्बर ६ का २९ वर्षीय र ४५ वर्षीय महिला रहेका छन् । त्यस्तै वडा नंं. ७ का २१ र ५२ वर्षीय पुरुष र वडा नम्बर ८ की ६२ वर्षीया महिला रहेका छन् ।

आज संक्रमण पुष्टि भएका सबै समुदायका स्तरका हुन् । हाल सम्म दमकका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५६ पुरुष र १३ महिला गरी ६९ जनाले कोरोना जितिसकेको छन्।

त्यसैगरी छिमेकी पूर्वी कमल गाउँपालिकामा पनि ६ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबै कमल ३ का हुन् । ४ महिला र २ पुरुषमा संक्रम देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले जानकारी दिए । कमलमा हालसम्म ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...