उद्यम विकाश सहकारीको १२ औं साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक।दमक ६ स्थित उद्यम बिकाश वचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभामा पेश गर्ने प्रतिवेदन आज सार्वजनिक गरेको छ । सहकारीका सञ्चालक समिति र कर्मचारीहरुको सानो समुहका विच अध्यक्ष चन्द्रा खड्का भट्टराईले साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले कोरोना संक्रमणको महामारीका कारण यस बर्ष बिगत बर्षहरुको जस्तो भिडभाड गर्दै बिभिन्न कार्यक्रम गरेर साधारण सभा नगरिएको बताउनु भयो । आज सार्वजनिक गरिएको प्रतिवेदन आगामी २३ गते सम्म सदस्यहरुले आएर कार्यालयबाट बुझ्न सक्ने र त्यस माथि आफ्ना सुझावहरु राख्न सक्ने बताउनु भयो । प्रतिवेदन बुझ्न र सुझाव दिन कार्यालय आउँदा अनिवार्य मास्कको प्रयोग गरि व्यक्तिगत दुरी पालना गर्नु पर्ने नियम बनाईएको उहाँले बताउनु भयो ।

सहकारीको केन्द्रिय कार्यालय दमक र गौरादह शाखा केन्द्रबाट प्रतिवेदन पाउन सकिने र केहि सुझाव भएमा सदस्यले २४ र २५ गते भित्रमा कार्यालयमा बुझाउनु पर्ने सहकारीका सचिव विरेन्द्र पोखरेलले बताउनु भएकाे छ । सदस्यहरुको सुझावमाथि २६ गते सञ्चालक समितिले छलफल गरी २७ गते यस बर्षको निति तथा कार्यक्रम र बजेट पास गरिने गरि साधारणसभाको कर्याक्रम तोकिएको उहाँले बताउनु भयो ।

हाल सम्म ७ करोड ५३ लाख ३२ हजार ५ सय १० रुपैयाँको व्यालेन्सीट रहेको उद्याम बिकाश सहकारीले यो साधारणसभा बाट २० वटा निती संसोधन गर्न प्रस्ताव गरेको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...