नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो

 लिम्बुवान खबर
                       

दमक। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेसमिट अनुसार इलाममा १, उदयपुर ३, ओखलढुङ्गामा २ झापामा ७, माेरङमा ३५,  सुनसरीमा २०, धनुषामा ७,  पर्सामा १०,  बारामा १३, महाेत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७, सिरहामा ४१, काठमाडौँमा ३२६, काभ्रेमा ६, चितवनमा ४५, दाेलखामा ६,  धादिङमा १०, नुवाकोटमा १, भक्तपुरमा ४५, मकवानपुरमा ३५, रामेछापमा ५, ललितपुरमा ३७, र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासीपूर्वमा ५, पर्वतमा  १, लमजुङमा २२, बागलुङमा ६, स्याङ्जामा ३, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१, रोल्पामा १, जाजरकाेटमा ३, दैलेखमा ३, सल्यानमा २, कञ्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बझाङमा १६ कोरोना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ। हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...