सीपीएल: सन्दीपको जमैका र बार्बाडोस प्रतिस्पर्धा गर्दै

,   लिम्बुवान खबर
                       

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा बार्बाडोस ट्राइडेण्ट्ससंग प्रतिस्पर्धा गर्दैछ ।

ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा आज (शनिबार) नेपाली समय अनुसार राति १२ बजे सुरु हुने सीपीएल अन्तर्गत जमैकाले नवौं खेलमा बार्बाडोस ट्राइडेण्ट्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

बार्बाडोसविरुद्ध मैदान उत्रदै गर्दा जमैका चौंथो जितको खोजीमा हुनेछ । बार्बाडोस भने तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकासामु अघिल्लो खेलमा भोगेको पराजयको बदला लिने अवसर प्राप्त हुनेछ ।

जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । बार्बाडोस ९ खेलमा ४ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।

सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ प्रर्दशन गर्दै आएका छन् । सन्दीप ७ इनिङमा १० विकेट लिन सफल भएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;