मैवाखोलामा नेकपाको लाल किल्ला तोड्दै लिम्बुवान मञ्चको वडा समिति गठन

 लिम्बुवान खबर
                       

ताप्लेजुङ। कोरोना कहरको बावजुत पनि यतिबेला ताप्लेजुङका क्रियाशील राजनीतिक दलहरु पार्टी संगठन विस्तार र राजनैतिक क्रियाकलपामा सक्रिय देखिएका छन् । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले तिव्र प्रतिस्पर्धा गरि आफ्नो संगठन विस्तार गरिरहेकै बेला संघीयता, पहिचान र लिम्बुवान सहितको १०+१ प्रान्त स्थापनाको लागि राजनीति गरिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले पनि ताप्लेजुङ जिल्ला समितिले अगुवा नेता कार्यकर्ता भेटघाट, संगठन विस्तार र पार्टी प्रवेश कार्यक्रम’ लाई अभियानकै रुपमा बढाई रहँदा मैवाखोला गाउँपालिका वडा नं. २ मा नेकपाको लालकिल्ला तोड्दै संगठन विस्ता गरेको छ ।

मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लाबुङ्, जिल्ला अध्यक्ष भुपेन्द्र मावो, उपाध्यक्ष प्रताप चोङवाङ, सचिव अशोक मादेन, अर्थ सचिव केदार ताम्लिङ् र जिल्ला सदस्य उमेश वनेमको उपस्थितिमा पूर्ण सिंह लिम्बुको अध्यक्षतामा ३५ सदस्यीय मैवाखोला गा.पा. २ नं. वडा समिति गठन गरेको छ । अधिकांश निर्वाचित समितिकाहरु नेकपा परित्याग गरि संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । नेपालको पछिल्लो राजनीति घटनाक्रमले संघीयता, पहिचान गुम्ने खतरा वर्तमान नेकपा सरकारको अकर्मणताले गर्दा भएको ठहर गर्दै पार्टी परित्याग गरेको निर्वाचित अध्यक्ष पूर्णसिंह लिम्बूले बताएका छन् ।

कार्य समितिमा निर्वाचित उपाध्यक्षहरुमा सुसीला लिम्बु, विश्वराज लिम्बु, सचिवहरुमा बसन्त लिम्बु, बुद्धिमान लिम्बु, अर्थ सचिवमा शितल वि.क., सदस्यहरुमा क्रमशः भिम कुमार वनेम, शिवकुमार वनेम, भिमराज वनेश, लालबहादुर लिम्बु, आशिस लिम्बु, सलमान तामाङ, गोपाल मुसाहाङ, लक्षुमण वनेम, बलिहाङ वनेम, तुम्याहाङ वनेम, सञ्जय लिम्बु, याक्थुङ लिम्बु, दिपेन्द्र सुनुवार, किराई (किरात) लिम्बु, सानकुमार वनेम, देउप्रसाद राई, पदम वनेम, दिप श्रेष्ठ, किरण लिम्बु, सागर लिम्बु, अविनाश वनेम, क्षितिज शेर्पा, गंगामाया सुनुवार, सोनिया लिम्बु, विमल लिम्बु, जंगबहादुर सुनुवार, जीवन एभेङ लगायत रहनुभएको छ ।

निर्वाचित कार्य समितिलाई मञ्चका केन्द्रिय सचिवालय सदस्य मुक्साम लाबुङ्ले मञ्चको विधान अनुसार सफतग्रहण गराएका थिए ।

(अशाेक मादेनबाट)

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...