राजनीति चिन्तन र मन्थन

 नन्द कुमार विष्ट क्षेत्री
                       

नेपालमा अहिले कम्यूनिष्टहरुको शासन छ । उनीहरुले अरु कुनै पनि समूहलाई मानवको नाताले हेर्ने दृष्टिकोण राख्दैनन् । स्थानीय तह देखि माथि योजना कार्यान्वयन सम्पूर्ण नेपालीलाई हेरेर होइन कि कसलाई फाइदा हुन्छ भन्ने दृष्टिकोणले योजना तर्जुमा हुन्छ यो रोग हिजोदेखि हालसम्म यथावत छ ।

राजनीति संसाकै एक प्रमुख नीतिको रुपमा विश्वमा विकाश भएको छ । जब संसारको सृष्टि भयो र प्राणी जगतको प्रारम्भ भयो तबदेखि र सायदै प्राणी जगतको विकासक्रममा मानवजातिको चेतनाको विकाशक्रम सँगै युगानुकूल क्रममा राजनीतिको विकाश क्रम अभिवृद्धि हुँदै आएको पाइन्छ । विकाश क्रममा पहिले पहिले मानव समुदाय अहिले जस्तो विकाशक्रम कम भएको र कम झूण्डमा रहेकोले मानव विपरितका राजनीति हुदैनथ्यो । त्यस समयमा सबै कुरा मानवहितका सन्दर्भमा समर्पित हुन्थ्थे । डाक्टर, राजनीतिज्ञ, समाजसेवी सबै सबै मानव हितमा समर्पित हुन्थे । तर पछि पछि मानव झुण्ड झुण्डमा अहंमताले विकाश गर्दै जाँदा एक झुण्डले अर्को झुण्ड माथि आक्रमण गर्ने परिपाटीको विकाश र तँ भन्दा म के कम भन्ने होडबाजीले एक देशले अर्को देशमाथि हावी हुँदै र विश्वसमुदायमा प्रभुत्व जमाउने होडवाजीको क्रममा विश्वमा पहिलो र दोस्रो विश्वयुद्ध भएको हामीले भोग्यौ र त्यसबाट भएको क्षति र विध्वंसलाई आत्मासात गर्दै अब मानव समुदायमा यस प्रकारका गतिविधि नदोहरिउन भन्न खातिर थुप्रै समुदाय, संघ, संस्थाहरु समेतको जन्म भएर विश्वमा काम गर्दै आइरहेछन्, जस्तैः संयुक्त राष्ट्र संघ, प्इ, ज्इ, रेडक्रस आदि गरिएका थुप्रै संघ संस्थाहरु छन् । त्यसका साथै राजनीतिमा समेत परिवर्तनहरु हुँदै आए युग परिवर्तन सँगै ढुंगे युग, जंगली युग, कृषि युग, दाशयुग, औद्योगिक युग आज हामी यहाँ सम्म आई पुगेका छौं ।

यसरी यी सबै पक्षलाई केलाएर हेर्ने र अध्ययन गर्ने हो भने नेपालमा नेपालीहरुले राजनीतिलाई अहिलेसम्म बुझ्न नसकेर सँगै भूलभूलैयामा र केही टाठा बाठाहरुको झुक्याईमा फसेर पश्चाताव बाहेक केही पाएका छैनन्। अघि माथि उल्लेख भएनुसार, युगपरिवर्तनसँगै औद्योगिक युग पछि कृषि युगमा परिणत भएपछि सामन्तवादी युगसँगै समाजवादी र सामन्तवादको र सँगसँगै साम्राज्यवादको समेत जन्भ भएर दुई ठूला युद्धको सामना गर्नु प¥यो । तथापि राजनीतिक युद्ध जहाँको त्यहि छ । एकले अर्कोलाई विभेद र निश्तेज गर्ने र समाप्त गर्ने खेल जारी छ । राजनीतिमा त्यहि समूहवादी खेल अद्यावधि जारी छ र अहिले नेपालमा त्यहि भएको छ । अहिले जे भने पनि कम्यूनिष्टहरुले अरु कुनै पनि समूहलाई मानवको नाताले हेर्ने दृष्टिकोण राख्दैनन् । र अहलिे स्थानीय तह देखि माथि योजना कार्यान्वयन सम्पूर्ण नेपालीलाई हेरेर होइन की कसलाई फाइदा हुन्छ भन्ने दृष्टिकोणले योजना तर्जुमा हुन्छ यो रोग हिजोदेखि हालसम्म यथावत छ । साथै बनाइने ठेकेदारहरु पनि उस्तै राम्रो बनायो भने फेरि काम पाइदैन भनेर झारा टार्ने काम प्रचलित हुँदै आएको छ । त्यसैले अहिले राजनीति पनि झारा टार्ने काम प्रचलित हुँदै आएको छ । त्यसैले अहिले राजनीति पनि झारा टार्ने, भाषण गर्ने काम गर्दै नगर्ने संविधान, कानून, ऐन नीति कार्यक्रम जे सुकै हुन, पेल्नेलाई पेल्ने, जस्तो सुकै किन नहोस् आफ्नो समूहलाई नजिक र अरु सबैलाई वेवास्ता गर्ने “जसको लाठी उसैको भैंसी” भने झैं राक्षस वा जंगली राज जस्तै भएको छ ।

यसैले नेपालको राजनीति दिन प्रति दिन दूषित बन्दै गएको छ र जनता भन्न थालेका छन् “जुन जोगी आए कानै चिरेको” उखान चरितार्थ भएको छ । यसरी नेपाली राजनीति एकदमै कमजोर दिशा तर्फ उन्मुख छ । यसको मूल कारक तत्व यो देशको ब्यूरोक्याष्टबाट भएको छ । परिवर्तन भयो होला राजाशाही वा श्री ५ बाट, श्री ३ सरकार, नेपाल सरकार शाही परिवारबादबाट, राणा शासन, त्यसपछि बहुदलीय शासन प्रणाली, संसदीय प्रणाली, प्रजातन्त्र र वहुदलीय व्यवस्था पछि लोकतान्त्रिक गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र तर नेपालको राजनीति हिजो जहाँ थियो त्यहि छ । त्यसैले यो देशमा परिवर्तन आउनु पर्दछ भने सबैभन्दा पहिला नेपालको व्यूरोक्याष्टमा परिवर्तन ल्याउनु जरुरी भएको छ । त्यसको बाधक भनेको संविधान नै हो । यसको परिवर्तन वास्तवमै अपरिहार्य छ । यस्तो हाम्रो जस्तो जो सदियौं देखि एक प्रकारको एकात्मकवादी संस्कारले जकडेको संस्कारको रुपान्तरण, परिवर्तनको लागि अहिलेको जस्तो शब्दजालको संविधानले काम गर्दैन र संविधान एकदमै कडा तथा क्रुर संविधान ऐन कानूनको खाचो पर्दछ । अहिले धेरै कुरा विचार गर्दा संविधान नै बाधक बनेको दृष्टान्तहरु पाइदै आई रहेको उदाहरणहरु पटक–पटक उजागर भईरहेछन् । त्यसो भएकोले प्रथम कुरा युगानुकूल परिवर्तनलाई सम्बोधन गर्ने संविधानको आवश्यकता छ । जून संविधान हाम्रो जस्तो वेथिती रहेको देशमा प्रथम चरणमा क्रूर संविधानको आवश्यकता छ जसले प्रधानमन्त्री समेतलाई कानून लागोस् ।

संविधान जसले जसरी ब्याख्या गरेपनि अहिले जस्तो संविधानको आवश्यकता छैन लगभग अहिलेको यो संविधान त्यस्तै त्यस्तै छ संघीयतालाई आंशिक रुपमा स्वीकारेको जस्तो देखिए पनि यो संघीय संविधान होइन र त्रुटिपूर्ण छ । यसको उदाहरणको रुप धारा २७४ लाई लिन सकिन्छ । त्यसमा कुनै पनि प्रान्त थप घट गर्नु परेमा भएका सबै प्रान्तको बहुमत चाहिन्छ भनेको छ त्यसले के पुष्टि गर्दछ भने हामीले तोकेको प्रान्त अब उप्रान्त केही हुँदैन हुने छैन, कालान्तरसम्म यहि रहनेछ भन्ने जनाउँदछ यसैले यो संविधान र निर्माण कर्ताहरुले जे सुकै गरे हुन्छ हामी भनेको तिमी जनताहरुको विधाता हामी नै अरु कोही छैन भन्न खोजेको आभास हुन्छ ।

त्यसै कारण अब नेपालमा आम युवा तथा वयश्क बुद्धिजिवीहरुले राजनीतिक पुनःजागरणको आन्दोलन महसूस भै रहेको कुरा यदाकदा प्रचारप्रसारमा आई रहेको छ । यसको नेतृत्वको आवश्यकता खड्किरहेको कुरा वर्तमान परिस्थिति निर्कोल गरिरहेको छ । सायदै परिस्थिति बन्दैछ र यो परिपक्क हुँदै जाँदा नेपालमा पुर्नःजागरण आन्दोलन असम्मभावी छ भन्न सकिने आधार तयार हुदैछ भन्न सकिन्छ । माथि नै भनि सकियो राजनीतिमा अहिले जनता भन्न थालेका छन् जुन जोगी आयो उस्तै भन्ने उक्तिलाई समाप्त पार्न खातिर पुनःजागरण आन्दोलनको आवश्यकता अपरिहार्य बनेको छ । जसलाई मूक्ति आन्दोलनसँग जोड्न सकिन्छ।

लेखकः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको केन्द्रीय उपाध्यक्ष हुन्

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...