दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

,   लिम्बुवान न्युज
                       

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमका अवसरमा सहकारीले वित्तीय कारोबारतर्फ उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न विधाका सदस्यहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरेको छ।

त्यस्तै, साधारणसभाकै अवसर पारेर दमक क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार यज्ञराज (विष्णु सुब्बा) आङदम्बेलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको छ। सम्मानित पत्रकार सुब्बालाई कार्यक्रमका अध्यक्ष अशिम राई तथा प्रमुख अतिथि अर्जुन कार्कीले संयुक्त रूपमा सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए।

साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, भावी योजना तथा वित्तीय अवस्थाबारे छलफल हुनुका साथै संस्थालाई अझ सुदृढ र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सम्बन्धित समाचार

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

;