दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

,   लिम्बुवान न्युज
                       

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रमुख अर्जुन कार्की प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमका अवसरमा सहकारीले वित्तीय कारोबारतर्फ उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न विधाका सदस्यहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरेको छ।

त्यस्तै, साधारणसभाकै अवसर पारेर दमक क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार यज्ञराज (विष्णु सुब्बा) आङदम्बेलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको छ। सम्मानित पत्रकार सुब्बालाई कार्यक्रमका अध्यक्ष अशिम राई तथा प्रमुख अतिथि अर्जुन कार्कीले संयुक्त रूपमा सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए।

साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, भावी योजना तथा वित्तीय अवस्थाबारे छलफल हुनुका साथै संस्थालाई अझ सुदृढ र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;