लिम्बु विद्यार्थी मञ्चद्वारा मृगौला पिडित लावतीलाई सहयोग

 लिम्बुवान खबर
                       

दमक।  दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई लिम्बू विद्यार्थी मञ्चले सहयोग रकम हस्तान्तरण गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्सम सहितको टोलि दमक पुगि लावतीलाई ५४ हजार पाँच सय ६० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई दमक बहुमुखी क्याम्पस दमकमा अध्ययनरत लावती केहि समय देखि दुवै मृगौला खराब भइ उपचार गराइरहेकी छिन् । लावतीको विगत लामो समयबाट Systemetic Lupus  Erythematosus (SLE) को कारण मुटुमा समस्या भएको र दुबै मृगौला फेल भई हाल नोवेल हस्पिटलमा विराटनगरमा उपचार भइरहेको छ ।

मञ्चले आन्तरिक रुपमा संकलन गरि पहिलो चरणमा सो रकम सहयोग गरेको मञ्चका अध्यक्ष दिपा लक्समले बताइन् । उनले भनिन्–तत्काल उपचारको लागि सहज होस् भनेर हामि समिति भित्रबाट संकलित रकम आज हस्तान्तरण गरेका हौ, अब बाँकी आवश्यक रकमका लागि पनि सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छौ ।

लावतीको उपचारका लागि थप आवश्यक रकम संकलनका लागि लिम्बू विद्यार्थी मञ्चसँगै अन्य संघ संस्थाहरुसँग पनि छलफल सरसल्लाह भइरहेको मञ्चका उपाध्यक्ष विक्रम शेर्माले बताए । मञ्चसँगै अन्य संस्थाहरुसँगको समन्वयमा आवश्यक उपचार रकम संकलन गरिने बताए ।

लावती विगत ३ वर्ष देखि अध्ययनको शिलशिलामा दमक बस्दै आएकी हुन् । अध्ययनसँगै विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध लावती लिम्बु विद्यार्थी मञ्च झापाका उपाध्यक्ष समेत रहेकी छिन् ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ लगायत अन्य विभिन्न संघसंस्थामा आवद्ध लावतीको उपचारका लागि दमकमा समेत सहयोग संकलन अभियान सञ्चालन गरिने आदिवासी विद्यार्थी नेता आकाश ताङहाङ लिम्बुले बताए । लिम्बुका अनुसार आर्थिक रकम संकलनका लागि अन्य संघसंस्था, साथिहरुसँग छलफल भइरहेको र चाडै एउटा समिति बनाएर सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सहयाेग रकम हस्तारन्तरणमा मञ्चका अध्यक्ष दिपा लक्समसँगै उपाध्यक्ष विक्रम शेर्मा, उपमहासचिव प्रदिप नेयाेङ, सचिव सेमी तुम्वापाे, पूर्व सचिव याेवाहाङ तुम्बाहाम्फे, आदिवासी विद्यार्थी नेता आकाश ताङहाङ लिम्बु, समाजसेवी साेनि लिम्बु लगायतकाे उपस्थित रहेकाे थियाे ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...