लिम्बु विद्यार्थी मञ्चद्वारा मृगौला पिडित लावतीलाई सहयोग

 लिम्बुवान खबर
                       

दमक।  दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई लिम्बू विद्यार्थी मञ्चले सहयोग रकम हस्तान्तरण गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष दिपा लक्सम सहितको टोलि दमक पुगि लावतीलाई ५४ हजार पाँच सय ६० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई दमक बहुमुखी क्याम्पस दमकमा अध्ययनरत लावती केहि समय देखि दुवै मृगौला खराब भइ उपचार गराइरहेकी छिन् । लावतीको विगत लामो समयबाट Systemetic Lupus  Erythematosus (SLE) को कारण मुटुमा समस्या भएको र दुबै मृगौला फेल भई हाल नोवेल हस्पिटलमा विराटनगरमा उपचार भइरहेको छ ।

मञ्चले आन्तरिक रुपमा संकलन गरि पहिलो चरणमा सो रकम सहयोग गरेको मञ्चका अध्यक्ष दिपा लक्समले बताइन् । उनले भनिन्–तत्काल उपचारको लागि सहज होस् भनेर हामि समिति भित्रबाट संकलित रकम आज हस्तान्तरण गरेका हौ, अब बाँकी आवश्यक रकमका लागि पनि सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छौ ।

लावतीको उपचारका लागि थप आवश्यक रकम संकलनका लागि लिम्बू विद्यार्थी मञ्चसँगै अन्य संघ संस्थाहरुसँग पनि छलफल सरसल्लाह भइरहेको मञ्चका उपाध्यक्ष विक्रम शेर्माले बताए । मञ्चसँगै अन्य संस्थाहरुसँगको समन्वयमा आवश्यक उपचार रकम संकलन गरिने बताए ।

लावती विगत ३ वर्ष देखि अध्ययनको शिलशिलामा दमक बस्दै आएकी हुन् । अध्ययनसँगै विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध लावती लिम्बु विद्यार्थी मञ्च झापाका उपाध्यक्ष समेत रहेकी छिन् ।

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ लगायत अन्य विभिन्न संघसंस्थामा आवद्ध लावतीको उपचारका लागि दमकमा समेत सहयोग संकलन अभियान सञ्चालन गरिने आदिवासी विद्यार्थी नेता आकाश ताङहाङ लिम्बुले बताए । लिम्बुका अनुसार आर्थिक रकम संकलनका लागि अन्य संघसंस्था, साथिहरुसँग छलफल भइरहेको र चाडै एउटा समिति बनाएर सहयोग संकलन अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सहयाेग रकम हस्तारन्तरणमा मञ्चका अध्यक्ष दिपा लक्समसँगै उपाध्यक्ष विक्रम शेर्मा, उपमहासचिव प्रदिप नेयाेङ, सचिव सेमी तुम्वापाे, पूर्व सचिव याेवाहाङ तुम्बाहाम्फे, आदिवासी विद्यार्थी नेता आकाश ताङहाङ लिम्बु, समाजसेवी साेनि लिम्बु लगायतकाे उपस्थित रहेकाे थियाे ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...