असाेज १ बाट सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं–महासंघ

 लिम्बुवान खबर
                       

काठमाडौं । यातायात व्यवसायीहरुले जतिसक्दो छिटो सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा धर्ना दिन पुगेका यातायात व्यवसायी राष्टिय महासंघ तथा विभिन्न कम्पनीका प्रतिनिधिहरुले असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा चल्ने सवारी नखोलिए सरकारी निर्णय अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले ७ महिनादेखि गाडी थन्काएर बस्नुपर्दा जीविकोपार्जन मै समस्या परेको र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै सरकारले अब सतकर्ता अपनाएर सवारी खोल्न माग गरेका हुन् ।

व्यवसायीले स्वतःस्फुर्त रुपमा सवारी चलाउने अवस्था आउनसक्ने चेतावनी दिएका छन् । विभागको अघि धर्ना दिन पुगेका व्यवसायी रामकृष्ण भण्डारी अब बन्द सहन नसकिने भन्दै अवज्ञा आन्दोलन थाल्ने बताउँछन् ।

यातायात व्यवसायीले आफूहरुको समस्याबारे सरकारलाई झकझकाउन थालेका छन् । सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष होमप्रसाद अधिकारी यातायात व्यवस्था विभागका महानिर्देशकसँग सरकारले विगतमा आफूहरुको माग पुरा गर्न जनाएको प्रतिवद्धता स्मरण गराएको बताउँछन् ।

‘विगतमा पुरा गर्ने भनिएका प्रतिवद्धता अधुरै रह्यो,’ उनी भन्छन्,’ यातायात क्षेत्रलाई सरकारले उपेक्षा गरेकोले अब तुरुन्तै राहतको कार्यक्रम ल्याउन माग गरेका छौं । ‘ उनले महासंघले भने गाडी खोल्ने निर्णय गरिनसकेको बताए ।

‘सरकारले नखोले आफैं खोल्छौं भनेर पीडित कम्पनीहरुले भन्नुभएको छ,’ उनी भन्छन्,’महासंघले पनि बिहीबार बैठक बसेर यसबारे औपचारिक धारणा तय गर्छ ।’

त्यसैगरी विदेशबाट आएका यात्रुलाई होल्डिङ सेन्टरबाट जिल्लाहरुमा लैजाँदा ठगीबारे पनि ध्यानाकर्षण गराएको उनले बताए । केही व्यवसायीलाई मात्रै पहुँचका भरमा यस्ता यात्रु ओसार्न सुविधा दिएको भन्दै महासंघले त्यस्तो सिन्डिकेट खारेज गर्न माग गरेको छ ।

त्यसलाई सम्बोधन गर्ने गरी विभागले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै पहिलो आउनेलाई प्राथमिकता दिने गरी यात्रु ओसार्न र तोकिएको भन्दा बढी यात्रु नराख्न र बढी भाडा नदिन सचेत गरएको छ ।

त्यसैगरी महासंघले निजी सवारीले भाडा उठाएर यात्रु ओसारिरहेकाले त्यसलाई रोक्न पनि माग गरेको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...