खेलकुद गतिवधि अझै सुरु नहुने

,   लिम्बुवान खबर
                       

कोरोना भाइरस कोभिड १९ का कारण स्थगित घरेलु खेलकुद गतिविधि कहिलेबाट सुरु हुने अझै निश्चित भएको छैन ।

काठमाडौं। कोराना संक्रमण समुदायमा फैलन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले गरेका ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केहि खुकुलो हुँदैछ । जोर विजोरका आधारमा सवारी साधण चल्न पाउने निर्णय भएको छ ।

कतिपय सञ्चालन गर्न मिल्ने नमिल्ने विषयमा पनि सुची जारी गरिएको छ । जसमा खेलकुदसँग सबन्धित विषयमा पनि उल्लेख गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति निषेध गरिएको उल्लेख गरिएको छ ।

६ महिना भन्दा लामो समयदेखि कोभिडका कारण अन्य क्षेत्र जस्तै नेपाली खेलकुद गतिविधि शून्य छ । सरकारले चैत ११ बाट साउनको पहिलो साता सम्म गरेको लकडाउनमा खेलकुदका कुनै पनि प्रशिक्षण सुरु हुन सकेन ।

लकडाउन खुकुलो भएपछि केहि खेलले प्रशिक्षण सुरु गरेका थिए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट सुरु हुने तयारी थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२० का सबै खेल स्थगित गरेपछि फुटबल टोलीको प्रशिक्षक स्थगित भएको थियो ।

त्यस्तै ब्याडमिन्टन, टेबल टेनिस, ओलम्पिक छनोटमा रहेको करातेको प्रशिक्षण निषेधाज्ञासहित स्थगित भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;