बिहिबार, २५ भदौ, २०७७ बिहानको ०४:१० बजे,
लिम्बुवान खबर
कोरोना भाइरस कोभिड १९ का कारण स्थगित घरेलु खेलकुद गतिविधि कहिलेबाट सुरु हुने अझै निश्चित भएको छैन ।
काठमाडौं। कोराना संक्रमण समुदायमा फैलन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले गरेका ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केहि खुकुलो हुँदैछ । जोर विजोरका आधारमा सवारी साधण चल्न पाउने निर्णय भएको छ ।
कतिपय सञ्चालन गर्न मिल्ने नमिल्ने विषयमा पनि सुची जारी गरिएको छ । जसमा खेलकुदसँग सबन्धित विषयमा पनि उल्लेख गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति निषेध गरिएको उल्लेख गरिएको छ ।
६ महिना भन्दा लामो समयदेखि कोभिडका कारण अन्य क्षेत्र जस्तै नेपाली खेलकुद गतिविधि शून्य छ । सरकारले चैत ११ बाट साउनको पहिलो साता सम्म गरेको लकडाउनमा खेलकुदका कुनै पनि प्रशिक्षण सुरु हुन सकेन ।
लकडाउन खुकुलो भएपछि केहि खेलले प्रशिक्षण सुरु गरेका थिए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट सुरु हुने तयारी थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२० का सबै खेल स्थगित गरेपछि फुटबल टोलीको प्रशिक्षक स्थगित भएको थियो ।
त्यस्तै ब्याडमिन्टन, टेबल टेनिस, ओलम्पिक छनोटमा रहेको करातेको प्रशिक्षण निषेधाज्ञासहित स्थगित भएको थियो ।
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...
दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...
ललितपुर, उपत्यका ब्यूराे । ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने १३ सदस्यीय समिति निर्वाचित भएका...