
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले खेलाडीको १२ महिनाको मासिक भत्ता उनीहरुको खातामा पठाएको छ। सन् २०१९ भरको मासिक भत्ता केन्द्रीय सम्झौतामा रहेका २२ जना खेलाडीको खातामा पठाई दिएको क्यानले जनाएको छ।
विगतको भन्दा मासिक भत्ता जनही १० हजार रुपैयाँ बढाइको छ। ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक २५ हजार रुपैयाँ भत्ता पाएका छन्।
क्यानले सन् २०१९ का लागि सन् २०१८ मै २२ खेलाडीलाई विभिन्न ३ वटा श्रेणीमा राखेर ‘ग्रेडिङ’ गरेको थियो। ग्रेड एमा ८, ग्रेड बीमा ८ र ग्रेड सीमा ६ जना खेलाडी छन्।
ग्रेड एमा रहेका खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र करन केसी छन्।
ग्रेड बीमा अविनाश बोहरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजबंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा र सुसन भारी छन्।
ग्रेड सीमा इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरी, राजु रिजाल र रसिद खान छन्।
सन् २०२० का लागि अब खेलाडीको ग्रेडिङ गरिने क्यानले जनाएको छ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...