क्यानले नेपाली क्रिकेटरहरूलाई दियो मासिक भत्ता

 लिम्बुवान खबर
                       

काठमाडौँ । नेपाल क्रिकेट संघ-क्यानले  खेलाडीको १२ महिनाको मासिक भत्ता उनीहरुको खातामा पठाएको छ।  सन् २०१९ भरको मासिक भत्ता केन्द्रीय सम्झौतामा रहेका २२ जना खेलाडीको खातामा पठाई दिएको क्यानले जनाएको छ।

विगतको भन्दा मासिक भत्ता जनही १० हजार रुपैयाँ बढाइको छ। ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ४५ हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले मासिक ३५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले मासिक २५ हजार रुपैयाँ भत्ता पाएका छन्।

क्यानले सन् २०१९ का लागि सन् २०१८ मै २२ खेलाडीलाई विभिन्न ३ वटा श्रेणीमा राखेर ‘ग्रेडिङ’ गरेको थियो। ग्रेड एमा ८, ग्रेड बीमा ८ र ग्रेड सीमा ६ जना खेलाडी छन्।

ग्रेड एमा रहेका खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी र करन केसी छन्।

ग्रेड बीमा अविनाश बोहरा, आरिफ शेख, बसन्त रेग्मी, ललितनारायण राजबंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा र सुसन भारी छन्।

ग्रेड सीमा इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरी, राजु रिजाल र रसिद खान छन्।

सन् २०२० का लागि अब खेलाडीको ग्रेडिङ गरिने क्यानले जनाएको छ।

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...