फेदापमा लिम्बुवान मञ्चले संगठन शसक्त बनाउने

 लिम्बुवान खबर
                       

तेह्रथुम। संघीय लिम्बुवान मञ्च, नेपाल फेदाप गाउँपालिका समितिले सबै वार्डहरुमा संगठनलाई शसक्त बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा संगठनलाई पहिलो दलको रुपमा स्थापित गर्ने जनाएको छ ।

आज गाउँपालिकाको पोक्लाबाङ् स्थित पार्टी कार्यालयमा बसेको तेस्रो मासिक बैठकमा सो निर्णय गरेको हो ।

प्रत्येक महिनाको अन्तिमि शनिबार नियमित बैठक बस्ने निर्णय गरेसँगै आज तेस्रो नियमित बैठक बसेको हो । फेदाप गाउँपालिकाका पाँच साविक सम्दु, इसेबुङ्, सिम्ले, जलजले र ओयाक्जुङ गाबिसहरुको समायोजनमा ५ वटा वार्डहरु बनेका छन् भने ४५ वटा साबिक वडाहरु   छन् । अहिले पाँचै वडामा मञ्चको संगठन विस्तार भईसकेको छ भने केहिमा टोल समितिहरु समेत विस्तार भएको विद्यार्थी नेता सेसेहाङ् चोङ्बाङ्ले बताएका छन् ।

आज बसेको बैठकले अन्य गठन गर्न बाँकी टोलहरुमा संगठन विस्तार गर्ने, राजनैतिक प्रशिक्षण गर्ने साथै तेह्रथुम जिल्ला कार्य समितिले आगामी बर्ष प्रकाशन गर्न लागेको स्मारिका प्रकाशनको लागि आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले तेह्रथुम जिल्लाबाट प्रकाशन हुन लागेकोमा खुशि व्यक्त गर्दै आर्थिक सहयोग समेत गर्ने निर्णय गरेकोछ । बैठकमा मञ्चका केन्द्रीय सचिवालय सदस्य सेसेहाङ् चोङ्बाङ्, जिल्ला अध्यक्ष बिजय निङ्लेकु लगायत अन्य जिल्ला नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...