सञ्चारकर्मी पन्तद्धारा रु १ लाख सहयोग

,   लिम्बुवान खबर
                       

दमक । झापाको दमक घर भई हाल अमेरिका बस्दैआएका सञ्चारकर्मी सुदिप पन्तले दमकको एक संस्थालाई रु १ लाख सहयोग गरेका छन् ।


परोपकारी काममा सक्रिय रहदैआएको दमकको असहाय मानव सेवा समाजलाई उनले रु १ लाख उपलव्ध गराएका हुन् । नेपाल–अमेरिका पत्रकार महासंघ (नेजा ) का अध्यक्ष समेत रहेका उनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिदै आएको बन्दाबन्दी,निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गरिआएका समुदाय खान नपाएर समस्यामा झेल्दैआएकाले त्यस्ता लक्षित समुदायलाई दैनिक निशुल्क भोजनको व्यवस्था गर्नका लागि उक्त सहयोग उपल्व्ध गराएका हुन् ।

महिलाहरुमात्र आवद्ध रहेको सो संस्थाले सरकारले गरेको वन्दाबन्दीका समयमा दमकमा महिना दिनसम्म विपन्नलाई खाना खुवाएको थियो । संस्थाले दैनिक खाना खुवाउन स्रोत तथा साधन जुटाउन नसक्दा पछिल्ला समय भने खाना वितरण कार्य रोकिएको थियो ।

दाता पन्तले स्वेच्छिक रुपले अति विपन्नलाई विहान, वेलुका खाना खुवाउन लाग्न चाहिने रकम उपलव्ध गराएपछि फेरि खाना खुवाउन लागिएको संस्थाकी अध्यक्ष चेतना निरौलाले वताईन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;