जापानकी ओसाका युएस ओपन च्याम्पियन

 लिम्बुवान खबर
                       

जापानकी नाओमी ओसाकले सिजनको युएस ओपनको महिला एकलको उपाधि जितेकी छिन्।

आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर तेस्रो ग्रान्डस्लामको उपाधि जितेकी हुन्।

जापानकी चौथो वरीयताकी खेलाडी ओसाकाले पहिलो सेट १-६ ले अजरेन्कालाई सुम्पिएकी थिइन्।

तर २२ वर्षीय उदायीमान खेलाडी ओसकाले त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल पस्किइन्।

उनले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन्। तेस्रो तथा निर्णायक सेटमा पनि लयमा देखिएकी ओसाकाले ६-३ ले जितेर दोस्रो पटक युएस ओपन जित्न सफल भएन्।

यसअघि उनले सन् २०१८ को युएस ओपनमा सेरेना विलियम्सलाई पराजित गरेर पहिलो ग्रान्डस्लाम जितेकी थिइन्। उनी सन् २०१९ मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी थिइन्।

यता सन् २०१३ पछि पहिलो मुख्य प्रतियोगिता फाइनलमा पुगेकी अजरेन्काको भने पुनरागमन गर्दै च्याम्पियन हुने सपना पूरा भएन।

तेस्रो पटक ग्रान्डस्लाम च्याम्पियन बनेकी ओसाकाले आफू फाइनल पुगेको ग्रान्डस्लामको उपाधि जित्ने रेकर्ड पनि कायम राखिन्।

‘म अब अरु फाइनलमा तिमी (अजरेन्का) सँग खेल्न चाहदिन। मलाई रमाइलो लागेन किनभने एकदमै कठिन खेल थियो,’ अजरेन्काको प्रशंसा गर्दै ओसाकाले भनिन्,’अजरेन्काले बच्चादेखि नै प्रेरणा दिएकी थिइन्। म अजरेन्काकै खेल हेरेर हुर्किएकी हुुँ। मैले धेरै सिक्ने मौका पाए। धन्यवाद।’ (एजेन्सी)

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;