केपी ओलीको शासनकालमा भ्रष्टाचार शिखरमा- ट्रान्सपरेन्सी इन्टरनेसनल

,   लिम्बुवान खबर
                       

काठमाडौं । भ्रष्टाचारका मुद्दा तामेलीमा राख्दै भ्रष्टाचारीलाई उन्मुक्ति दिएपछि प्रधानमन्त्री केपी ओलीको आलोचना सुरु हुन थालेको छ । ओलीको साढे दुई वर्षे कार्यकालमा जति ठूला भ्रष्टाचारका काण्ड अहिलेसम्म नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमिततासम्बन्धी मुद्दाको फाइल हतारहतारमा तामेलीमा राखेको भन्दै आपत्ति जनाएको छ ।

अध्यक्ष खेमराज रेग्मीले आइतबार विज्ञप्ति जारी गर्दै निगमको  जग्गा प्रकरणबारे थप अनुसन्धान गरी दोषीहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरुको कार्यक्षमता, इमान्दारिता र नियतमा गम्भीर प्रश्नहरु उठाएका  छन् ।

‘निष्पक्षता र निर्भिकतापूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाव र प्रभावमा परी राजनैतिक नेतृत्वहरुको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दाहरु नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टि गर्न निकै गाह्रो पर्ने देखिन्छ ।

यसर्थ आयोगले आफ्नो साख जोगाउन पनि प्रशासनिक तहमा हुने भ्रष्टाचारका साथै राजनैतिक नेतृत्व तहको संलग्नता एवं नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रही भ्रष्टाचारीहरु उपर निर्मम कारवाही प्रकृया अगाडि बढाउनु अत्यावश्यक भैसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड घुस प्रकरणमा पनि अख्यितारले मौनता साँधेको भन्दै ट्रान्सपरेन्सी ईन्टरनेशनलले कारबाही प्रक्रिया अगाडि नबढ्नेमा आशंका व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;