फाकफोकथुमका एक सय जनाको पिसिआर परिक्षण सबैको रिर्पोट नेगेटिभ

 लिम्बुवान खबर
                       

इलाम । फाकफोकथुम गाँउपालिका वडा नम्बर १ र २ का एक सय जनाको कोरोना भाइरसको पिसिआर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

केही दिन अघि वडा न.–२ स्थित खाम्बाङ्गको जरिङ्गे निवासी एक जनाको कोरोना परिक्षणमा पिसिआर रिर्पोट पोजेटिभ देखिएको र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग पछि स्वाब संकलन गरि परीक्षणमा पठाएको थियो ।

गाँउपालिका भित्र कोरोना संक्रमित भेटिएपछि कार्यालयले २२ गते सोमबार देखि सुचना जारी गरि अर्को सुचना नआउन्जेल सम्म शंकास्पद क्षेत्र शिल गरिएको थियोे ।

रिर्पोट सबैको नेगेटिभ आएपछि स्थानीयमा त्रास न्यून हुने साथै वातावरण थप सहज बनाउन शिल खुल्ला गर्न सूचना जारि गरिने गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित व्यक्ति केही दिन अघि लडेर मेरुदण्ड तथा करङ्गको भागमा असर पुगेको र कोरोनाको समेत धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;