छुटे सुवास सुब्बा, अनि भने- कोरोनाको भ्याक्सिन आविष्कार गरेको छु
बुधबार, ३१ भदौ, २०७७ बिहानको ०४:१७ बजे,
लिम्बुवान खबर
काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको अंगहरु झिकेर बेचबिखन भइरहेको छ भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका सुवास सुब्बा लिम्बू मंगलबार रिहा भएका छन् ।
तेह्रथुम स्थायी घर भई ललितपुरको ललितपुर उपमहानगर–१४ नक्खिपोटमा बस्ने सुब्बालाई प्रहरीले गत भदौ २२ गते पक्राउ गरेको थियो ।
सुब्बा रिहा भएपछि उनका समर्थकहरुले मंगलबार चक्रपथ क्षेत्रमा मोटरसाइकल र्याली गर्दै नक्खिपोटसम्म पुर्याएका थिए ।
क्रिश्चियन धर्मका पास्टर समेत रहेका सुब्बालाई उनका धार्मिक कार्यकर्ताहरुले साथ दिएका थिए ।
रोचक पक्ष के छ भने उक्त र्यालीमा मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरुङ समूहका नेता कार्यकर्ताहरु समेत झण्डा लिएरै सामेल भएका थिए ।
नेपालबाट बाहुन–क्षेत्रीहरुलाई भगाउने जस्ता उग्रवादी मुद्दा उठाउने मंगोलन नेशनल अर्गनाइजेशनमाथि नेपालमा क्रिश्चियानिटी फैलाउने संगठनको आरोप पनि लाग्दै आएको छ ।
र्याली मा मंगाेलन नेशनल अर्गनाइजेशनका कार्यकर्ता
सुब्बा पक्राउ परेपछि बढीजसो मंगोलन नेशनल अर्गनाइजेशनकै कार्यकर्ताहरुले सामाजिक सञ्जालमाफर्त हिराइको आवाज उठाएका थिए ।
कोरोनाको भ्याक्सिन बनाएको छु
आफ्ना समर्थकहरुले र्याली गर्दै निवाससम्म ल्याइदिएपछि सुब्बाले आफूले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आविष्कार गरेको बताए ।
उनले गत अगस्ट दोस्रो साता पनि पत्रकार सम्मेलन गरी डेढ महिना लगाएर कोरोना विरुद्धको भ्याक्सिन आविष्कार गरेको दाबी गरेका थिए ।
मंगलबार उनले ११६ बिलियन डलरको मालिक रहेका विश्वकै धनी व्यक्ति बिल गेटस्लाई समेत चुनौती दिए ।
‘म बिल गेटस्लाई डाइरेक्ट चुनौती दिन चाहन्छु, किनभने मैले भ्याक्सिन इन्भेन्सन गरेको छु,’ सुब्बाले भने, ‘यदि कोरोना नियन्त्रण गर्ने हो भने उनी मसँग मिल्यो भने नियन्त्रण गर्न सकिन्छ ।’
कोरोनाविरुद्धको भ्याक्सिन सहित पक्रकार सम्मेलनमा बोल्दै सुब्बा
सरकारले इजाजत दिए आफूले सबभन्दा पहिला नेपालका जनतालाई भ्याक्सिन लगाइदिने उनको भनाइ छ ।
उनी नक्खिपोटमै अन्तिम विकल्प नामक संस्था स्थापना गरेर बसेका छन् । जहाँ उनले डाक्टरहरुले उपचार गर्न नसकेर माया मारेको विरामी निको पारिदिने बताउँदै आएका छन् ।
सुब्बाका समर्थकहरुले उनलाई डाक्टर भनी सम्बोधन गर्छन् । विरामीको हात छोएरै रोग पत्ता लगाउने सुब्बाको दाबी छ ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...