धरान ५ मा लिम्बुवानको यूवा मञ्च गठन

 लिम्बुवान खबर
                       

धरान।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमलाई तिब्र बनाएको छ ।
शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ५ मा मञ्चको भातृ संस्था संघीय लिम्बुवान यूवा मञ्चको वडा कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।

मञ्चका जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संकलन राईको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन भएको जनाएको छ ।

समितिको उपाध्यक्ष संजोक राई, सचिव सुमन राई, सह–सचिव सुन्दर तामाङ्, अर्थ सचिव सुजन तामाङ चयन भएका छन् भने सदस्यहरुमा क्रमशः आकाश राई, मदन माझी, अरुण लिम्बु, आकाश राई, जीवन मगर, विशाल राई, राजकुमार राई, सञ्जे तामाङ, सुदिप तामाङ, सन्देश राई, योगेश तामाङ, अशोक मगर, रक्की मगर, विलम भुजेल, सन्तोष राई, दिपेन श्रेष्ठ, सन्देश राजवंशी, दुर्गे राई, दिपेश भाई, सुजन राई, निर्मल राई, बिजे तामाङ, राईमन राई, विबेक भाई, पासाङ भोटे, सञ्जीव भुजेल, राजन थापा, राजु तामाङ, सौगात राई, धनसिं राई, मनिस राई, नौराज लिम्बु, रुाम श्रेष्ठ र निर्मल तामाङ् रहेका छन् ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि इजमले खाँदा ओढाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रम संघीय लिम्बुवान मञ्च, नेपाल धरान वार्ड नं. ५ का अध्यक्ष रमेश राईको अध्यक्षता तथा मञ्चका नगर अध्यक्ष सञ्जुहाङ् साम्बाको संचालनमा भएको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...