झापामा दमकका भेन चालकसहित थप ३ जनामा कोरोना पुष्टि

 लिम्बुवान खबर
                       

झापा झापामा ९० वर्षीय बृद्धासहित थप तीन जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक जना महिला र दुई जना पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु बिर्तामोड नगरपालिका वडा नं. १ की ९० वर्षीय एक महिला, अर्जुनधारा नगरपालिका वडा नं. ३ का ५१ वर्षीय एक पुरुष, र दमक नगरपालिका वडा नं. ५ का ४२ वर्षीय एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । अर्जुनधारा र दमकका व्यक्तिको धरानबाट स्वाब संकलन गरिएको र दमकका व्यक्ति भेन चालक रहेको चम्लागाईले जानकारी दिए ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ८४७ पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ७७४ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ६६ छ भने कोरोनाबाट हाल सम्म झापामा ७ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...