डाँफेको बार्षिक प्रतिवेदन सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक ।  झापाको दमक ५ स्थित डाँफे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १३ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिबेदन आज सार्वजनिक गरेको छ ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले आईतबार संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमका वीच ४७ करोड बढि वासलत रहेको बार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष न्यौपानेले आगामी तीन वर्ष भित्र वासलतलाई दोब्वरले बढाएर १ अर्व ४ करोड माथि पुरयाउने लक्ष्य रहेको बताए । यसैगरि सोहि कार्यकालमा संस्थाले धेरै नीतिगत सुधारका साथै आर्थिक सुधारका रणनीतिहरु लिएको समेत उनले जानकारी दिए ।

संस्थाले यसै आर्थिक वर्षबाट व्यवसायिक ऋण लगानीमा बृद्धि गरि ३५ लाखबाट बढाएर ४० लाख पुरयाउने, सदस्य मृत्यु राहत कोषलाई १५ हजारबाट २० हजार पुरयाउने तथा संस्था बिकास कोषमा १ हजार रुपैया थप गरिएको अध्यक्ष न्यौपानेले बताएका छन् । यसरीनै ऋण तथा बचतको व्याजदरमा समेत हेरफेर गरिएको १० लाख बढिको कर्जा भुक्तानीको समय ५ वर्षबाट बढाएर १० वर्ष पुरयाइएको, सामूहिक कर्जामा बृद्धि गरिएको, ब्यक्तिगत कर्जालाई १० लाखबाट बढाएर १५ लाख पुरयाइएको, कर्जा सुरक्षण कोषमा ५० प्रतिशत छुट, कार्यालय भवन सुधार तथा बिर्तामोड र सुरुङामा थप २ वटा सेवा केन्द्र सञ्चालनका लागि समेत प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरि, संस्थाले मुलुकको बिषम परिस्थितिलाई मध्यनजर गरदै मुलुकमा गरिएको लकडाउन यताको असार मसान्त सम्म सदस्यहरुलाई २२ लाख बढिको व्याज छुट दिएको जनाएको छ । त्यस्तै, संस्थाले झापाको कोटीहोममा सञ्चालनमा आएको पिसिआर ल्याव सञ्चालनका लागि ५१ हजार सहयोग गरेको छ भने अन्य उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्ने लक्ष्य रहेको छ । हाल संस्थाले ३४ करोड बढि कर्जा लगानी गरेको जनाएको छ ।

संस्थाको बार्षिक साधारणसभा आगामी असोज २० गते संस्थाको सभाहलमा सम्पन्न गरिने संस्थाका व्यवस्थापक सुदिप खतिवडाले जानकारी दिए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहकारीका सहसचिब केशवशरण अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका लेखा समिति संयोजक हेमचन्द्र खनालले संस्थाको आर्थिक प्रगतिका बारेमा जानकारी गराएका थिए । कार्यक्रम सचिब लिलानाथ खनालले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...