नेपाल आईसीसी टी–२० वरियताको १३औं स्थानमा ओर्लियो

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १७ भदौं । नेपाल आईसीसी टी–२० वरीयतामा एक स्थान तल झर्दै १३औं स्थानमा ओर्लिएको छ । बुधबारका दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गरेको नयाँ अपडेटमा नेपालको वरीयता १ स्थान तल खस्किएको हो ।

नेपाल यसअघि १२औं स्थानमा रहेको थियो भने बुधबारबाट नेपालको नयाँ वरीयता १३औं स्थानमा रहेको छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लिन सफल भए को छ ।

नेपालको आईसीसी टी–२० वरीयतामा हालसम्मको उत्कृष्ट वरीयाता ११औं स्थान हो । टी–२० मा नेपाल हालसम्म टप १० मा पर्न सकेको छैन ।

बुधबार अपडेट नयाँ टी–२० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा छ । त्यसैगरी, भारत दोस्रोमा, पाकिस्तान तेस्रोमा, न्युजिल्याण्ड चौथोमा र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ भने अष्ट्रलिया छैटौ, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेष्ट इन्डिज दशौँ स्थानमा रहेका छन् ।

यसरी नै जिम्बाव्वे ११औं र आयरलैण्ड १२औं स्थानमा रहेको छ ।

नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि हाल ओमानमा रहेको छ । त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्ने जनाइएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।

हेर्नुहोस्ः– आईसीसी टि–२० को टप २० टिम

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;