
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर, १७ भदौं । नेपाल आईसीसी टी–२० वरीयतामा एक स्थान तल झर्दै १३औं स्थानमा ओर्लिएको छ । बुधबारका दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गरेको नयाँ अपडेटमा नेपालको वरीयता १ स्थान तल खस्किएको हो ।
नेपाल यसअघि १२औं स्थानमा रहेको थियो भने बुधबारबाट नेपालको नयाँ वरीयता १३औं स्थानमा रहेको छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लिन सफल भए को छ ।
नेपालको आईसीसी टी–२० वरीयतामा हालसम्मको उत्कृष्ट वरीयाता ११औं स्थान हो । टी–२० मा नेपाल हालसम्म टप १० मा पर्न सकेको छैन ।
बुधबार अपडेट नयाँ टी–२० वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा छ । त्यसैगरी, भारत दोस्रोमा, पाकिस्तान तेस्रोमा, न्युजिल्याण्ड चौथोमा र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ भने अष्ट्रलिया छैटौ, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेष्ट इन्डिज दशौँ स्थानमा रहेका छन् ।
यसरी नै जिम्बाव्वे ११औं र आयरलैण्ड १२औं स्थानमा रहेको छ ।
नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि हाल ओमानमा रहेको छ । त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्ने जनाइएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।
हेर्नुहोस्ः– आईसीसी टि–२० को टप २० टिम
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...