पिएनजीमाथि नेपालको संघर्षपूर्ण जित

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर/ पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । नेपालले संघर्षपूर्ण खेलमा जित हासिल गरेको छ ।

पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोडे । उनले ६५ बलमा २ चौका प्रहार गरे । त्यसैगरी सोमपाल कामीले नटआउट २२ रन जोडे । उनले ३१ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

मध्यक्रमका ब्याट्सम्यान लगातार आउट भएको अवस्थामा रोहित र सोमपालले सम्हालिएर ब्याटिङ गरेपछि नेपालको जित सम्भव भएको हो ।

एकदिवसीय खेलमा डेब्यू गर्दै ओपनरद्वय आसिफ शेख ३० रन र कुशल भुर्तेलले १५ रन बनाए । आसिफले ४६ बलमा ४ चौका हिर्काउदा कुशलले २८ बलमा २ चौका प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके । यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए भने शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके त्यसैगरी कुशल मल्ल १ रनमा आउट हुँदा पवन सराफ डकआउट भए ।

पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । विक्रम शोव र कुशल मल्लले २–२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे ।

पिएनजीका लागि लेगा सैकाले सबैभन्दा बढी ३० रन जोडे । नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो ।

नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्ने जनाइएको छ ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई–दुईं खेल खेलिसकेको छ ।

नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा रहेको छ । (अनलाइन खबरको सहयोगमा)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;