आज नेपालले एएफसी महिला एसिया कप छनोटको पहिलो खेल फिलिपिन्ससँग खेल्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २ असोज । एएफसी महिला एसियन कप फूटबलको छनोट खेल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला टिम उज्वेकिस्तानमा छ । एसियन कपको समूह एफमा रहेको नेपालले आज छनौट खेल फिलिपिन्ससँग खेल्दै यात्रा अघि बढाउँदैछ ।

सन् २०१९ पछि नेपालको महिला टिमले पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल खेल्न लागेको हो । नेपालका राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना नेपाली टिम खेल मैदानमा उत्रिन्दैछ । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गराएर उपचार गराईरहेको नेपाली टिमका साम्बा अहिले आराम गरिरहेकी छिन् । नेपाली टिमलाई उनलाई पक्कै सम्झने छन् ।

फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा छ । फिलिपिन्स ३३ स्थान माथि ६८औं स्थानमा छ भने हङकङ ६७औं स्थानमा छ । भारतमा हुने एसियन कपको छनोटमा नेपालले आफूभन्दा वरीयतामा माथि हरेका दुई टिमहरु फिलिपिन्स र हङकङसँग खेल्नु पर्ने भएको हुँदा शिर्ष टिम मात्र एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाली टिमको लागि समूहको दुवै खेल महत्वपूर्ण छ ।

नेपाली महिला टिमले अहिलेसम्म तीन पटक एसिया कप खेलेको छ । पछिल्लो पटक सन् १९९९ मा नेपालले एसिया कप खेलेको थियो । त्यसपछि २२ वर्षसम्म नेपाली टिमले खेलेको थिएन । २२ बर्षपछि पुनः एसिया कपको छनोट खेल्न लाग्दा नेपाली महिला टिम उत्साहित छन् र छनोट हुने जोश र जाँगरका साथ मैदान उत्रदैँछ । (तस्वीर : एनएसजेएफबाट लिइएकाे)

 

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...